
काठमाडौं । वीर गणेशमान सिंह फाउण्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौँ संस्करण चैत १३ गतेदेखि हुने भएको छ ।
आयोजक कमिटीका संयोजक सञ्जीव तुलाधरले पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । तीन विभागीय टोली (प्रहरी/आर्मी/एपिएफ) र सातै प्रदेशबाट करिब १५० खेलाडीको सहभागिता रहनेछ ।
प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई २५ हजार, १५ हजार ७.५/७.५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५० लाख सहयोग गर्नेछ । पाँचदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइनेछ । बक्सिङ महासंघका अध्यक्ष राम अवालेले प्रतियोगितालाई सफल र भव्यरूपमा सम्पन्न गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा कमिटीकै आयोजनामा चौथो वीर गणेशमान सिंह १० किमी दौड वैशाख १५ गते हुने पनि जानकारी गराइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच