गर्नुपर्ने गरौं :
एउटा दुःख मिसाउन आफन्तमा परेको दुःखमा सहभागी बनेर तिमीहरूलाई मात्र दुःख परेको होइन संसारका सबैलाई यस्ता दुःख आइलाग्छन् । विचलित नभइकन फेरि जीवन जगत्काप्रति व्यामोहित भएर लाग्नै पर्छ । हामी दुःखी छौं तिमीहरू समान नभए पनि भन्दै समवेदना र विछोडिएको आफन्तको सम्झना गर्ने मानवीय प्रचलन परिपालनका निमित्त हामी परिवारका केहीँ कतै गएका थियौं । जानुपर्ने नपर्ने के हो त्यो पनि यकिन गरेर भन्न सकिने रहेनछ । नौ महिना पेटमा बोकेर दशधारा दूध खुवाएर, आधासरो दिसापिसाब सिहारेर मानव बनाउने आमालाई घाटमा पोलेर आएर मासु र भात मजाले खाएको मैले देखेको छु ।
सँगैका अरू दाजुभाइले घाटमै कपाल काटेर परम्परित क्रिया गर्दा एकजनाले वासना भोग्दाभोग्दै दुर्घटना भएर जन्मेका हौं । हामीलाई जन्माउनकै लागि भनेर जन्माइएका नै होइनौ । बाँचुन्जेल पालेर मरेपछि फालेर आफू बाँच्न लाग्नु नै कर्तव्य हो । अतः आत्मबोधविनाका कुहीगन्धे गिदीवालले गर्ने हो किरिया भन्ने परिभाषा गरेको मैले सुनेको र पढेको छु । कतिपय कुरा संशोध्य छन् । समाज गतानुगतिक हुन्छ । व्यक्ति स्वार्थ र असामथ्र्यवश गतानुगतिक बन्छ । अरूलाई देखाउन अवलम्बन गरिएको अनुशासनले व्यक्तिलाई कति उठाउँछ या तल खसाल्छ अनुसन्धेय बनेरै रहेको देखिन्छ ।
उद्देश्यमूलक ढंगले सन्डमुसन्ड, लन्ठ पाल्न, भुल्याउन र जनताबाट पाँच करोडका लोभमा सांसदलाई डन बनाउन यो धनराशीको व्यवस्था गरिएको भन्ने मूर्खले पनि बुझेको छ । लागेको गर्ने होइन लाएको गर्ने मन्त्री बनेका छन् । विदेशी पोस्नका निमित्त स्वदेशी उत्पादन सडाउने, विदेशीलाई ख्वाएर खुशी बनाएर बगली गरम गर्न पल्केकाले देशमा ऊर्जा, उद्योग खोल्ने चर्चा जति नै चलाइए पनि मल कारखाना यिनले खोल्न चाहेको देखिँदैन ।
मान्छे मान्छेमा विभेद गरिएका छुत र अछूत भएका रङ्गभेद गरिएका कुरा हामीले सुनेका मात्रै होइन पढेका थियौं । यो भयो सामाजिक परम्परा र केही हदसम्म सांस्कृतिक परम्परा । आजको मेरो वक्तव्य कुरो सरकारी सर्वजनिक व्यवस्था हो । ‘खाद्यनियमेन अखाद्य अपिबोधगम्यो भवति’ । पाँचवटा नङ भएका पाँचवटा कुरा फलाना फलानान खानु भनेपछि ती नाम लिइएका पाँचभन्दा अरू पाँचनङ«े खानुहुन्छ भन्ने बुझिए जस्तै सामाजिक, सरकारी व्यवस्थामा लागू हुने कि न हुने भन्ने बहस गर्न सकिन्छ ।
शास्त्र र व्यवहार :
राजनीतिशास्त्रले शासक या सरकारलाई देश र जनताको रक्षक मान्दछ । शासक भएर भक्षकको भूमिका निर्वाह गर्ने काङ र वाममात्रै होइन जे भेटो त्यही हाम गर्ने कर्मचारी र विचौलिया तत्व मामाघरमा जातो पिंध्न गएका बेला भन्नु हुन्छ कि हुँदैन त्यो म छुट्याउन सक्दिनँ । मामा घरको भात निकै मीठो हुन्छ रे भ्रष्टलाई । सरकारले देश र जनताको उन्नति गर्नुपर्ने खालका योजना ल्याउनुपर्ने हो, हाम्रा देशमा भने जो सरकारमा गए पनि आफन्त पोस्ने र ग्रुपिनम गर्नेभन्दा काम नगर्ने भए । यसपटक भिन्न प्रकारको बजेट आउला, विकास निर्माणका कामहरू होलान् भनेको त फेरि परेवालाई चारो हाल्ने काम अर्थमन्त्रीले गरेरै छाडे ।
प्रत्येक निर्वाचन क्षेत्रका नाममा सांसद पोस्ने कामलाई कनिका छरेको भन्थे कनिका पनि निरुद्देश्य कसैले काहीँ पनि छर्दैन । सो उद्देश्यमूलक ढंगले सन्डमुसन्ड, लन्ठ पाल्न, भुल्याउन र जनताबाट पाँच करोडका लोभमा सांसदलाई डन बनाउन यो धनराशीको व्यवस्था गरिएको भन्ने मूर्खले पनि बुझेको छ । लागेको गर्ने होइन लाएको गर्ने मन्त्री बनेका छन् । विदेशी पोस्नका निमित्त स्वदेशी उत्पादन सडाउने, विदेशीलाई ख्वाएर खुशी बनाएर बगली गरम गर्न पल्केकाले देशमा ऊर्जा, उद्योग खोल्ने चर्चा जति नै चलाइए पनि मल कारखाना खोल्न चाहेको देखिँदैन । बालेन पनि यसै ग्रहका मान्छे हुन् यद्यपि अहिले उनले केही काम राम्रा पनि आरम्भ गरेको भए तापनि कतिपय उनका पनि काम अनावश्यक बढी लोकप्रियताका भोकले खरिएको देखिएको छ । सुनीति पनि काममा भन्दा रूप जादु प्रयोग नीतिमा लहसिन थालेको देखिन्छ ।
मान्छेले आफूसँग भएको नै वस्तुको व्यापार गर्ने हो तर यस नीतिले व्यक्तिबाट समाज र समूह शोषित पीडित हुन्छ कि हुँदैन भन्ने कुरामा ध्यान दिनु आवश्यक भएको छ । ध्यान दिने ठाउँमा भएका नै महाव्यापारी घुस्याहा निक्लन्छन् सोच्ने सुधार्ने र ध्यान कसले दिने ? हामी छट्पटाएर के गर्नु । गोहीका मुखमा आहार पस्नासाथै आँखाबाट बर्बरी आँसु चुहुन्छन् यो प्राकृतिक व्यवस्था हो । हाम्रा देशका तीन दलका ठूला नेताले पनि प्रकृतिको सिको गर्न जानेका रहेछन् । जनताका दुःखमा आँसु चुहाउन अहिले सबैभन्दा फुर्सद एमाले नाम भएको एउटा दलका नायकलाई जति कसैलाई पनि छैन । उनले कतै कसैले दाँतमात्र कोट्याएको देखे भने पनि जनता र देशका नाममा आँसु तर्रर्रर्र चुहाइहाल्छन् ।
मुखले ठिक्क कामले दिक्क :
अहिले पनि रायमाझी जसले राय दिएर डुंगा चलाउँछन् र यात्रीलाई विदेशमा लगेर बेच्दारहेछन् । यसमा पनि ओलीले आँसु चुहाइहालेथे । अर्कातिर एउटा नेका नामको दल छ त्यो नेकाभन्दा पनि नेपालै खाँको चरित्रमा बदलिएको देखिन्छ । शेरको जस्तो सिकारमा बहादुर भएका हुनाले सत्ताभत्ता र भ्रष्टाचारका निमित्त शेरोली नामको शैली नै विकास भएको छ नेपालमा । शेरोली भनेका यो देशका न भूतो न भविष्यतिका आफन्त र दलका लम्फूप्रिय दलप्रमुख हुन् । ओलीले सामाजिक संहिता ल्याए र त्यसमा अर्काकी स्वास्नी लानेले जारी तिर्नुपर्ने व्यवस्था पनि यथावत् नै राखे किनभने उनलाई जारी न सारी केही पनि तिर्नु छैन पो किन हटाउने ?
माकुने हात्तीले मञ्चबाटै सहिद पत्नीतिर आँखा लाउने ? भनेर बोल्दा पनि उनले खड्ग देखाएर दलबाटै गलहत्ती लाए । अनि राष्ट्रपति बनाउने प्रस्ताव तुरुन्तै राखिहालेथे यो गोही चरित्र होइन भनेर को बोल्न सक्ने ? अहिले बसमा पनि एउटा व्यवस्था लागू भएको रहेछ । ड्राइभर सिट भनेर नलेखे पनि त्यो नाङ्लाका कुँडुलामा हात राख्नको जाँदोहोला र ? खलासीको पनि सिट आवश्यक नभए पनि राखेको रहेछ । महिलाको र पुरुषको अनि सुरक्षाकर्मीको पनि व्यवस्था भएछ । ज्येष्ठ नागरिकले नि दुईवटा सिट पाए छन् । धेरै सिटका नजिकमा केही लेखेको नदेखेपछि मेरा गिदीमा बिजुली चट्याङ्ङ चट्कियो ।
यो देशमा सबैभन्दा ठूलाले नबिराइकन गर्ने काम भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचार पनि अनेकौं प्रकारका हुन्छन् । आशारामले गर्ने भ्रष्टाचार युवतीसँग सम्बद्ध देखियो । रामदेवले महिलाको परिधान लाएर आफूलाई राज्यले परिचालन गरेका प्रहरीबाट बचाउनु पनि भ्रष्टाचारै हो । गणेशमान चर्पीका दुलाबाट भागेथे राणाका नजरमा यो पनि भ्रष्टाचारै थियो । ओलीले धर्मप्रसादको गर्दन छिनाएर बार्दलीबाट मलका थुप्रामा हामफालेका थिए । ज्यान मारेर जेल गएर पनि जनतालाई चाहिँ प्रजातन्त्र र साम्यवादका निमित्त आफू जेल बसेको धाक लाएथे । धाक रवाफ भ्रष्टाचारकै आडमा फष्टाउँदोरहेछ ?
प्रजातन्त्रको खोलमा लुटतन्त्रको भ्रष्टाचरण चलेका बेला चारो खोज्न कुखुराका चल्ला जताततै चाहारे झैं नेपालका राजनीतिकर्मी पनि चाहार्छन् । नागरिक बेचबिखन गर्न पाएका खाँड र रायमाझी जस्ताले त आफ्नो भाँडो बनाउलान् तर सय/पचास टेबुलमुनिबाट लिनेले त आफ्नो टिनको डब्बा किन्न पनि सक्दैनन्, मामाघरमा पनि सधैं राख्दैनन् अनि ?
पञ्चायत प्रवेशमा सही गरेको देखेपछि दिनको सय बोतल धोके पनि पुग्ने गरी खर्चबर्चको व्यवस्था मिलाएर कृष्णप्रसाद भट्टराईले नेकाका वर्तमान सभापति महोदयलाई पढाइका नाममा बेलायत पठाएका थिए । तिनै महान्का ईशारामा चल्ने प्रचण्ड सरकारले प्रत्येक सार्वजनिक यातायातका साधनमा भ्रष्टाचारी र मगन्तेको सिटको व्यवस्था गर्नुपर्ने देखेँ मैले । जसरी अरूका लागि छुट्याएका सिटमाथि ठूला अक्षरमा लेखेको छ यो सिट यसका लागि भनेर त्यसरी नै दुईवटा भ्रष्टाचारीका निमित्त र दुईवटा नभए पनि एउटा नै सही मगन्तेका लागि पनि छुट्याउनु परो । ती पनि त यसै देशका नागरिक हुन् ।
तिनले पनि कतै जानु आउनुपर्छ अनि राज्यले तिनलाई अपमान गर्नु हुन्छ । प्रजातन्त्रका खोलमा लुटतन्त्रको भ्रष्टाचरण चलेका बेला चारो खोज्न कुखुराका चल्ला जताततै चाहारे झैं नेपालका राजनीतिकर्मी पनि चाहार्छन् । नागरिक बेचबिखन गर्न पाएका खाँड र रायमाझी जस्ताले त आफ्नो भाँडो बनाउलान् तर सय पचास टेबुलमुनिबाट लिनेले त आफ्नो टिनको डब्बा किन्न पनि सक्दैनन्, मामाघरमा पनि सधैं राख्दैनन् अनि ? रेशम चौधरीकी स्वास्नी मन्त्री भएर सावित्रीले सत्यवानलाई यमराजका घरबाट फिर्ता ल्याएझैं चौधरीलाई जेलबाट छुटाएर कञ्चनपुर लगिन् । सबै ज्यानमाराका स्वास्नी त्यस्ता प्रतापी पनि त हुँदैनन् नि ।
नकाब अनेक थरीका :
जोकरको नकाब हँसाउने हुन्छ । भूतको नकाब तर्साउने हुन्छ । नेताको नकाब चिप्ला कुरा, धनुष्टङ्कार नमस्कार, जति खाए पनि नभरिने पेट, वरमुन्डा त्रिभुजजस्ता रहस्यमयी पत्नी, पुत्र, रावण, कुम्भकर्ण जस्ता दाजुभाइ, कसै कसैका चाहिँ विभीषण जस्ता पनि हुनेभएको हुनाले सरकारले नेताको सम्मान गर्नुपर्छ । नेता भनेका अहिलेको नेपालमा ९०/९५ प्रतिशत कुनै न कुनै प्रकारका भ्रष्टाचारी नै हुनेभएको हुनाले र मन्त्री, सांसद, सचिव, प्रधानमन्त्री, न्यायाधीश, अख्तियारको सदस्य या अध्यक्ष सबैका लागि आवश्यक पर्ने भ्रष्टाचारीका लागि सिट संरक्षण आदेश अविलम्ब दिएर व्यवस्था मिलाओस् ।
अहिलेका सरकारले यो गरेन गर्न चाहेन भने पनि समाजवादी मोर्चा आएपछि बन्ने कांग्रेस एमाले सरकारले पक्का यता ध्यान दिनेछ किनभने नारीपुरुष भ्रष्टाचरण, पदीय भ्रष्टाचरण, वाक् भ्रष्टाचरण, आर्थिक भ्रष्टाचरण, देशका नदीनाला विदेश प्रदानीय भ्रष्टाचरण यिनले जति अरूले गर्न नभ्याएका हुनाले भ्रष्टाचारीका लागि सार्वजनिक यातायातमा सिट रोक्का अभियान चलाउने नै छन् । मोर्चाले नै सरकार चलायो भने त झनै सिंहले गरेका सिकारमा हुँडार (हाइना) ले अधिकार जमाउन खोज्दा हुने द्वन्द्व चौबीसै घण्टा मच्चिनेछ । अनि त विचरा साना भ्रष्टाचारी र मगन्तेले कसरी यात्रा गर्ने ? सर्व कर्तुं वाकारयितुं शक्नोतीति सर्वकार : । सबै गर्न गराउन सक्ने नै सरकार हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच