भोजपुर । विद्यालयमा पठनपाठन गराउँने मुख्य जिम्मेवारी पाउनु भएकी भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर ५ याकुमा रहेको पञ्चकन्या आधारभुत विद्यालयमा कार्यरत शिक्षिका प्रतिमा पोख्रेलले अनाथ तथा अभिभावकविहीन बालबालिकाहरुलाई प्रत्येक बर्ष शैक्षिक सामाग्री सहित पोशाक बितरण गर्दे आउनु भएको छ ।
शिक्षिका पोख्रेलले बिगत बर्षहरु देखि सुरु गर्नु भएको अभियान अहिले पनि जारी छ । अरुण गाउँपालिका भित्र रहेका विद्यालयहरुमा अध्ययरत बालबालिकाहरुलाई पोशाक लगायत शैक्षिक सामाग्रीहरु बितरण गर्दे आएको शिक्षिका पोख्रेलले बताउनुभयो । आफूले अध्ययन गराउँदै आएको विद्यालयका १९ जना अभिभावक बिहिन तथा अनाथ बालबालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेको पोख्रेलले बताउनुभयो ।
“सानो सहयोगले बालबालिकाहरुलाई पठनपाठनमा सहज होस् भनेर बर्षेनी आफुले यस्तो कार्य गर्दे आएकी छु ।” शिक्षिका पोख्रेलले भन्नुभयो । २०७३ सालदेखि शिक्षण पेशामा संलग्न उहाँ समाजसेवाका साथै साहित्य क्षेत्रमा पनि अग्रसर हुनुहुन्छ ।
विश्व विद्योदय प्राविका सन्तोष खड्कालाई छात्रवृत्ति, विश्वप्रेमी माध्यामिक विद्यालयका मणिराज मगर, संयोग राई र साङगेन राईलाई पोशाक र शैक्षिक सामग्री, सगरमाथा माध्यामिक विद्यालयमा सुजन खड्कालाई छात्रवृत्ति र मनिका राईलाई पोशाक र शैक्षिक सामग्री, महेन्द्रोदय माध्यमिक विद्यालयका आकाश श्रेष्ठ, एन्सु मगर र रचना सृष्टि लगायतलाई पनि शिक्षिका पोख्रेलले शैक्षिक सामग्री र छात्रवृत्ति रकम वितरण गर्नु भएको छ ।
आगामी दिनमा पनि आफ्नो सहयोग अभियान जारी रहने शिक्षिका पोख्रेलको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच