काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा नेपालले आज राति जोर्डनसँग खेल्दैछ ।
जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार आज राति ९: ४५ बजेदेखि शुरु हुँदैछ ।
नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २/१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५/० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औं स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि बिजेता राष्ट्र हो ।
त्यसैगरी नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रस्तुति दिएको छ ।
जोर्डनलाई पराजित गर्दै नेपाल सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो अफिसियल उपाधि हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रिदै छ ।
साम्बाले फाइनल नखेल्ने
सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।
एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा विहिबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको हो। फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।
हाम्रो टोलीले उपाधि घर लिएर जानेछ : सावित्रा भण्डारी
स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आज राति जोर्डनविरुद्ध हुने फाइनल खेलमा खेलाडीको रुपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने बताएकी छन् ।
फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध आज रातिहुने फाइनल खेल खेल्न नपाउने भएपछि यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली टोलीलाई हौसला दिएकी छन् । उनले जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्ने गरिन्थ्यो त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छन् ।
उनले टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जाने विश्वास गरेकी छन् । उनले भनेकी छन्,‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुनस् एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।
खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु ।शुभकामना टिम।हामी सक्छौं, हामी गर्छौं।’
नेपाली महिला फुटबल टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा ९कप्तान०, उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डरः गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी ।
मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल ।
फरवार्डः चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच