काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘अगस्त्य’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सौरभ चौधरी निर्देशित यो चलचित्र दर्शकमाझ आएको हो । सामाजिक कथाभित्रको एक्सन सस्पेन्स र थ्रिलर चलचित्र अगस्त्य रहेको निर्माणपक्षले जनाएको छ । एक्सन-थ्रीलर ड्रामालाई सिनेमाघरले उत्साहजनक शोज दिएका छन् ।
क्युएफएक्स चेनले काठमाडौं उपत्यकामा १५ र मोफसल टेरिटोरीमा २९ शोज दिएको छ । आइएनआईले सबै चेनमा १२, वान सिनेमाजले आठ शोज दिएको छ । मोफसलका थिएटरले औषत तीन-तीन अनुपातमा शो दिएका छन् । अनुपात हेर्दा देशभरका १११ सिनेमाघरले ‘अगस्त्य’लाई २५९ शोज उपलब्ध गराएको निर्माताले जनाएका छन् ।
चलचित्रमा सौगात मल्ल, मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरिको शीर्ष भूमिका हुनुहुन्छ । नेपाल र भारतमा छायांकन गरिएको यो चलचित्र एक्सन प्रधान हो । बदलाको कथामा आधारित चलचित्रको ट्रेलरले प्रशंसा बटुलेको छ ।
आज अगस्त्यसहित हलिउडको बहुप्रतीक्षित ‘ड्युन २’, दुई बलिउड चलचित्र ‘लापता लेडिज्’ र ‘अप्रेसन भ्यालेन्टाइन’ पनि सिनेमाघरमा आएका छन् । जसले गर्दा शो विभाजन हुनेछ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको अगस्त्य अमेरिका र बेलायतमा आठ सयदेखि एक हजार शो, क्यानडामा १५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्याण्डमा १५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशमा ७५० शोमा रिलिज हुने जनाइएको छ ।
चलचित्रमा सौगात, प्रमोद, नाजिर, मलिकासहित निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्कालगायत कलाकारको अभिनय छ । चलचित्रमा निर्देशक चौधरी स्वयंले कथा लेख्नुभएको हो । फस्टलुक, टीजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन् ।
चलचित्रका लागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको प्रशंसा भइरहेको छ । यो चलचित्रका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाउनुभएको थियो । उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको कामले नयाँ हाइप कायम गरेको छ । यसैगरी, अर्का कलाकार नाजिरले चलचित्रकै लागि २० किलो तौल बढाउनुले आफ्नो चरित्रका लागि कति मिहिनेत गर्नुभएको छ भन्ने प्रस्ट्याउँछ ।
चलचित्रमा सौगात र नाजिरको एक्सन लुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र र निश्चल बस्नेतको झलकले पनि यसको महत्व बढाइदिएको छ । टिजर र ट्रेलरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोरले पनि चर्चा उत्तिकै पाइरहेको छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
‘अगस्त्य’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको छ । यो सर्टिफिकेट पाएपछि १६ भन्दा कम उमेरका दर्शकले चलचित्र हेर्न जाँदा अभिभावक अनिवार्य रूपमा लैजानुपर्ने हुन्छ । चलचित्रको बुधबार सेन्सर भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच