वाफ च्याम्पियनमा सहभागी खेलाडीलाई एन्फाले प्रोत्साहनस्वरुप ५१ हजार रुपैयाँ दिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले २०२७ र २०३१ को विश्वकप खेल्ने तयारी स्वरुप वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको बताउनुभएको छ ।

वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रवार राति स्वदेश फर्किएसँगै स्वागत गर्न विमानस्थल पुग्नुभएका उहाँले नेपालले २०२७ र २०३१ मा विश्वकप खेल्ने बताउनु भयो । उहाँले एन्फा र नेपाल सरकारले नेपालको महिला फुटबलमा कार्यक्रम, लगानी र योजना हुँदा २०२७ र २०३१ मा हामी महिला विश्वकप खेल्न सक्छौँ भन्ने प्रमाणित गरेको बताउनु भयो । महिला टिमको यो उपलब्धिमा एन्फा खुशी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वाफ वुमेन्स च्याम्पियनसिपमा हाम्रो सहभागिता एन्फाले २०२७ र २०३१ भनेर योजना बनाएका छाैं । २०२७ र २०३१ मा महिला विश्वकपमा हामीले सहभागिता जनाउने भनेका छाैं । फलस्वरुप यो सहभागिता हो । यो प्रतियोगिताले र सहभागिताले यदी एन्फा र नेपाल सरकारले नेपालको महिला फुटबलमा कार्यक्रम, लगानी र योजना हुँदा २०२७ र २०३१ मा हामी महिला विश्वकप खेल्न सक्छौँ भन्ने प्रमाणित गरेको छ । महिला टिमको यो उपलब्धिमा खुशी छौँ । सोमवार ५१ हजारको घण्टी बज्छ । यो प्रोत्साहनस्वरुप हो । माननीयज्युमार्फत सरकारसँग प्रोत्साहनस्वरुप खेलाडीको लागि रकम माग गर्न आग्रह गर्दछु ।’

उहाँले एन्फाले वाफ च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई प्रोत्साहनस्वरुप ५१ हजार रुपैयाँ सोमवारसम्म उपलब्ध गराउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?