पाल्पा । नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले काँग्रेस महासमिति बैंठक कागले कान लग्यो भनेर पछि–पछि दौडे जस्तै भएको टिप्पणी गर्नुभएको छ ।
शनिबार नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महासमिति बैंठक कागले कान लगेको कथनजस्तै भएको बताउनुभएको हो ।
उपसभापति गुरुङले भन्नुभयो महासमिति बैंठकमा गठबन्धनका बारेमा चर्चापरिचर्चा भयो, वास्तवमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय त्यहाँ साइलेन्ट छ, एकदम स्पष्ट भाषामा भन्नुपर्छ, हाम्रो दस्ताबेजमा गठबन्धन गर्ने पनि भन्या छैन, नगर्ने पनि भन्या छैन् । तर कागले कान लग्यो भनेपछि कान नछामिकन दौडिने भन्ने हाम्रो कथन छनि हो, महासमिति बैंठक पनि त्यस्तै त्यस्तै भो कि जस्तो लाग्यो ।’
कान छाम्नु छैन, दस्ताबेज पनि ठूलो – ठूलो भयो, त्यो दस्ताबेज पढ्नु भन्दा क–कसले के – के भनेका छन् , त्यसैको पछि लागेर साथीहरुले भाषण गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । ‘महासमिति साथीहरुले कसैले गठबन्धन गर्न हुँदैन, यो रणनीतिक विषय हो अहिले नै किन चर्चा गर्ने भनेका छन्, कसैले हैन गठबन्धन गर्नु हुुन्न एक्लै चुनाव लड्नुपर्छ भन्नुभएको छ । वास्तवमा केन्द्रीय पदाधिकारीहरु बसी छलफल गरेर अहिले नै गठबन्धन गरेर जाने , नजाने भन्ने विषय दस्ताबेजमा उल्लेख गरिएको छैन, चर्चा मात्र भएको हो’ उपसभापति गुरुङले भन्नुभयो । उहाँले गठबन्धन रणनीतिक कुरा मात्र भएको तर नीतिगत नभएको स्पष्ट पार्नुभयो । गुरुङले गठबन्धन पुुरै अवधि रहेर जाने समेत बताउनुभयो ।
उहाँले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला मात्रै भएको बताउदै गठबन्धन अझै बलियो भएर जाने धारणा व्यक्त गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो “एउटा सुशासन स्थापना गर्न लागिपरेको सरकारविरुद्धमा फेरि अर्को गठबन्धन बन्छ भन्ने मलाई लाग्दैन । केही आशङ्काहरू होलान् तथापि त्यस्तो हुन सक्दैन ।” उहाँले मन्त्रीहरु भने फेरिन सक्ने बताउनुभयो । मन्त्री पद स्थायीत्व नभएकाले जुनसुकै बेला फेरिन सक्ने गुरुङको भनाई छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने समेत बताउनुभयो । मन्त्री गुरुङले संक्रमकालीन न्यायको विषयलाई राजनीतिबाट अलग गरेर हेर्न नसकिने भन्दै सहमतिमै टुंगोमा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच