
तानसेन । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारका फाइल खोल्दा दवाब आएपनि सबैको सम्पत्ति छानबिन गराएरै छाड्ने बताउनुभएको छ ।
शनिबार पाल्पाको तानसेनमा प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै दवाब आए पनि वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरेरै छाड्ने बताउनुभएको हो ।
अहिले भ्रष्टचारै भ्रष्टाचारका फाईलहरु खोल्दा जताततैबाट दवाब आएर काम गर्न कठिनाई भईरहेको भन्दै उहाँले दवाब खेपेरै भए पनि सबैको सम्पती छानबिन गरेरै छाड्ने बताउनु भएको छ ।
मन्त्री गुुरुङले भन्नुभयो, ‘भ्रष्टाचार अन्त्य गर्न वडादेखि माथिसम्मका जनप्रतिनिधि, कर्मचारीमा अधिकृतदेखि माथि सबैको सम्पत्ति छानविन गर्छाै, त्यसका लागि कानुन समेत ल्याउने तयारीमा छौं ।’
हामी राजनितिक दलका नेताहरु नेपालको विकास निर्माण, गरीवी न्युनिकरण, भ्रष्टचारको अन्त्यका लागि साँझा धारणा बनाएर काम गर्नुपर्नेमा एक अर्कालाई गाली गलौज गर्ने, सत्तोसराप गर्ने, एकले अर्कालाई खुल्याउने प्रवृत्ति हावी भएकोमा सबै नेताहरु सुध्रिनु पर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो । पाल्पा, स्याङ्जा क्षेत्रमा पर्यटन विकासका लागि बुटवलदेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई डवल डेडिकेटेड सडक निर्माणको लागि आफ्नो पहिलो प्राथमिकता रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले तानसेन सरकारले आयोजना गरेको तानसेन व्यापार महोत्सव अन्य मेला महोत्सव भन्दा फरक प्रकृतिको हुनुपर्नेमा जोड दिनुभयो । नारामा स्थानीय, कृषि, पर्यटन भन्ने तर महोत्सवमा प्लाष्टिकका फूलहरुले मञ्च सजाउने, माला लगाउने काम राम्रो नभएको संघीय सासद गैरेले बताउनुभयो ।
महोत्सव उद्घाटन कार्यक्रममा राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, संविधानसभा सदस्य लिला सोमै, प्रदेश सांसद वीरबहादुर राना , जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाली काँग्रेसका पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरे, राप्रपाका अध्यक्ष डुलबहादुर कुवँर, नेकपा एकिकृत समाजवादीका कार्यवाहक अध्यक्ष मोहन गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, नेकपा मालेका जिल्ला अध्यक्ष धनराज पौडेल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले तानसेन नगरपालिकाले नारामा लेखिए अनुसारको काम महोत्सवमा गर्नुपर्नेमा जोड दिएका थिए ।
तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महोत्सवको बारेमा जानकारी दिदै तानसेनको विकास निर्माणको लागि महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच