काठमाडौं । आयोजक स्वस्तिश्री गुरुकुलले तेस्रो एसजी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताअन्तर्गत यू-१६ को उपाधि जितेको छ । सानोभर्याङस्थित आयोजककै हातामा भएको फाइनलमा स्वस्तिश्री गुरुकुलले पाठशाला नेपाल फाउण्डेसनलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो । पारामाउण्ट स्कुल तेस्रो भयो ।
स्वस्तिश्रीका रिहानमान जोशी उत्कृष्ट गोलरक्षक, स्वस्तिश्रीका आरोभ शर्मा उत्कृष्ट खेलाडी र पाठशालाका मनिल अधिकारी सर्वाधिक गोलकर्ता घोषित हुनुभयो । निसर्ग वाटिकाले अनुशासित टिमको ट्रफी हात पार्यो । यू-१४ उमेर समूह रिब्स च्याम्पियन बन्यो । रिब्सले फाइनलमा स्वस्तिश्री गुरुकुललाई ३-० गोलअन्तरले हरायो । रिब्सका लागि ब्लेस गुरुङले २ तथा श्रमन गुरुङले १ गोल गर्नुभयो । द एक्सेल्सियर स्कुल तेस्रो बन्यो ।
रिब्स स्कुलका आयुश केसी उत्कृष्ट गोलरक्षक चुनिनुभयो भने रिब्सकै ब्लेस गुरुङ सर्वाधिक गोलकर्ता बन्नुभयो । स्वस्तिश्रीका दिप खत्री उत्कृष्ट खेलाडी ठहरिनुभयो । यू-१२ मा बहृमकुञ्ज पहिलो भयो । फाइनलमा ब्रहृमकुञ्जले रिब्सलाई १-० गोलले पाखा लगायो । ब्रहृमकुञ्जका जेम्स राईले निर्णायक गर्नुभयो । ब्राइट फ्युचर तेस्रो स्थानमा रहृयो ।
ब्राइट फ्युचरका कृपाल लम्साल सर्वाधिक गोलकर्ता बन्न सफल हुनुभयो । रिब्सका सागरकुमार यादव उत्कृष्ट गोलरक्षक तथा ब्रहृमकुञ्जका समृद्ध कुँवर (एलेक्स) उत्कृष्ट खेलाडी बन्नुभयो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपती, ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक दयाराम थापा, राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सरु लिम्बू, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मीना महर्जन, प्रधानाध्यापक नेहा केसी, अतिरिक्त क्रियाकलापका संयोजक राकेशकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच