काठमाडौं । विश्व र्याफ्टिङ महासंघको आयोजना तथा भारतीय र्याफ्टिङ फाउण्डेसनको तत्वावधानमा हुने एसियाली र्याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्य नेपाली टोली शनिबार भारतको हिमाञ्चल प्रदेश प्रस्थान गरेको छ ।
मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । वैकल्पिक खेलाडीमा दीपेश पुन मगर रहेको नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाउनुभएको छ ।
अफिसियलमा संघका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया हुनुहुन्छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । सो अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी, सचिव सुनिल अर्याललगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच