काठमाडौं । कवि सुशीला खड्का ‘हसिना’को कविताकृति ‘पहिरोभित्रको घाम’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, साहित्यकार भुवनहरि सिग्देल, कृतिकार हसिनालगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
डा.गीता त्रिपाठीले कृतिभित्रका कवितामा समाजिक–राजनीतिक विसंगति विरुद्धका विद्रोह समेटिएको बताउनुभयो । समीक्षक महेश पौड्यालले हसिनाका कविताले अन्धकारमा पनि आशाको सञ्चार प्रवाह गर्न सक्ने टिप्पणी गर्नुभयो ।
साहित्यकारहरू भुवनहरि सिग्देल, लक्ष्मी माली, डा. रामप्रसाद ज्ञवाली, राजेन्द्र थापा, राजेश थापालगायतले आ-अफ्ना भनाइ राख्दै स्रष्टा सुशीलाई बधाई तथा शुभकामना दिनुभएको थियो कविताकृति पेज टर्नरले प्रकाशनमा ल्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच