काठमाडौं । भरतमोहन स्मृति फाउण्डेसनले काठमाडौंको पुरानो नैकापस्थित कंकाली माध्यमिक विद्यालयमा सीप विकास प्रशिक्षण सुरू गरेको छ । फाउण्डेसनले पाँचौँ स्मृति दिवसका अवसरमा शुक्रबार प्रशिक्षण कार्यक्रम सुरू गरेको हो ।
भरतमोहन अधिकारीको स्मृतिमा फाउण्डेसनले चार वर्षदेखि आर्थिक, सामाजिक तथा विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आएकोमा यस वर्षदेखि सीप विकासमा विद्यालयसँग सहकार्य गर्न लागेको फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले बताउनुभयो । पछिल्लो समय युवा तथा विद्यार्थीहरूले कामको खोजीमा विभिन्न मुलुकका गन्तव्य खोजिरहँदा सीप विकास कार्यक्रमले स्वदेशमै रोजगार बनाउन सक्ने उहाँको भनाइ थियो ।
सीप विकास प्रशिक्षणमा विभिन्न क्षेत्रका अनुभवी तथा विज्ञले प्रशिक्षण गराउने र विद्यार्थीसँगै विद्यालयबाहिरका अन्य इच्छुकले पनि सीप सिक्न पाउने फाउण्डेसनले जनाएको छ । प्रशिक्षणमा अंग्रेजी भाषा, कम्प्युटर, स्टार्टअप र डिजिटल मार्केटिङलगायत विविध विषयमा तालिम दिइने बताइएको छ । तालिम कार्यक्रम डेढ महिनासम्म चल्नेछ । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले फाउण्डेसनले सुरू गरेको प्रशिक्षण कार्यक्रम स्वागतयोग्य भन्दै अहिले पनि नगरभित्रका विद्यालयले मौलिक सीप सिकाइरहेको बताउनुभयो ।
पढ्दै कमाउँदैको अवधारणाअन्तर्गत मुडा बुन्नेलगायत थुप्रै कार्यक्रम भइरहेको उहाँको भनाइ थियो । पुरानो नैकापमा रहेको कंकाली माध्यमिक विद्यालयमा हाल नौ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरूका अनुसार विद्यालयमा ७४ कक्षाकोठा रहेका छन्, जहाँ प्राविधिक तथा व्यावसायिक धारअन्तर्गत कम्प्युटर इञ्जिनियरिङका कक्षा ९-१२ सञ्चालित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच