इस्लामावाद । राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली)बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । पाकिस्तान मुस्लिम लिग-नवाज (पिएमएल-एन)का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता सरिफलाई दोस्रो पटक प्रधानमन्त्री बन्न भारी मत मिलेको छ । साथै, जेलमा रहेका विपक्षी नेता इमरान खानका अनुयायीलाई सरकारमा पुग्न नदिन गठबन्धनलाई सफलता मिलेको छ ।
पाकिस्तानको नेशनल एसेम्बलीमा नवनिर्वाचित २०१ सांसदले सरिफको पक्षमा मतदान गरेका छन् भने पूर्वप्रधानमन्त्री खानप्रति वफादार सांसदहरूको उम्मेदवारका रूपमा प्रधानमन्त्रीको नेतृत्वको दाबी गरेका ओमार अयुब खानले ९२ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचनको परिणाम घोषणा गर्दै नेशनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले भन्नुभयो, ‘शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच