भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका-४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?