भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका-४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ADVERTISEMENT

दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?