सुर्खेत । दोस्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । सप्ताहव्यापी यो कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म आयोजना हुन लागेको हो । कार्यशालाको तयारी तीब्र गतिमा भइरहेको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष भुपेन्द्रकुमार खड्काले जानकारी गराउनुभयो । आइतबार बिहान सुर्खेतमा पत्रकार भेटघाट आयोजना गरी खड्काले कार्यशालाको बिषयमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार कर्णालीमा दोस्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो ।
‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं’, अध्यक्ष खड्काले भन्नुभयो ।
कार्यशलामा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अंग्रज अभिनेता भुवन केसीको माष्टर क्लास हुनेभएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष क्लास लिनुहुने भएको छ ।
चलचित्र लेखक/निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा लिने बताइएको छ । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण दिनुहुनेछ । यस्तै, गायिका, सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले कार्यशालामा फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिनुहुने छ । कार्यशालामा छायांकन र सम्पादनसम्बन्धी प्रयोगात्मक कक्षा हुने जनाइएको छ ।
चलचित्र विकास बोर्ड सहआयोजक रहेको कार्यशालाको सहयोगी संस्थामा युवा परिषद् तथा सहप्रयोजकमा नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको अध्यक्ष खड्काले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच