काठमाडौं । यही फागुन २५ गते शुक्रबारदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले अब यो चलचित्र हेर्न पाउनेछन् ।
निर्देशक ज्ञानेन्द्र देउजाले चलचित्रलाई सेन्सर बोर्डका सदस्यले मनपराएको बताउनुभयो । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रा.लि.को व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतीक र समिक्षा देउजा हुनुहुन्छ । चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच