![तीन प्रदेशमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Mausam-Badal-Pani-weather-Hita-2.jpg)
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक ११ बजे बस्नेछ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९/८० पेश गर्ने कार्यसुची रहेको छ ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ।
आ.ब. २०८१ /८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
गत सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गर्नुभएकाे थियाे ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुने भएको छ । प्रतिपक्षी दलहरूले बालकुमारी घटना, मिटरब्याजपीडित, दुग्ध किसान लगायतको विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन् ।
सभामुख देवराज घिमिरेले सरकारको नाममा पटक–पटक रुलिङ गर्नुभएको थियो । सभामुखको रुलिङपछि प्रधानमन्त्री प्रचण्डले आज सांसदले उठाएको प्रश्नको जवाफ दिन लाग्नु भएको हो ।
![राष्ट्रियसभाका नव निर्वाचित सांसदको सपथ ग्रहण गर्दै](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/rastiya-shaba.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच