काठमाडौं । रारा राष्ट्रिय म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक समारोहबीच उक्त अवार्ड सम्पन्न भएको हो ।
कनका सुन्दरी फिल्मस्को आयोजनामा पदमबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा अग्रज संगीतकार राजकुमार बगरसहित विभिन्न अग्रज कलाकार, विभिन्न क्षेत्रमा सक्रिय रहेर सेवा गरिरहेका समाजसेवीलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
अवार्डको निर्णयकमा गायिका रोशनी रसाइलीलगायत रहनुभएको थियो । चर्चित कार्यक्रम सञ्चालक दिनेश डिसीद्वारा सञ्चालित उक्त अवार्ड समारोहमा रसाइलीलाई निर्णयकको सम्मान प्रदान गरिएको थियो ।
नेपाली लोकगीत संगीतको उर्वर भूमिको रूपमा पहिचान कमाएको बागलुङ जिल्लामा जन्मिनुभएकी रसाइली विगत १५ वर्षदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । विसं २०६६ सालदेखि निरन्तर रूपमा नेपाली लोक तथा दोहोरी गायन क्षेत्रमा सक्रिय रहनुभएकी रसाइलीले १५ वर्षको अवधिमा झण्डै तीन दर्जन हाराहारीमा गीतहरू श्रोता÷दर्शकमाझ ल्याउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच