काठमाडौं । मेरिना इम्पेक्सले यस वर्षको बेष्ट टेलरिङ अवार्ड प्राप्त गरेको छ । १६औँ कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौंमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाई ‘बेष्ट टेलरिङ अवार्ड- २०८०’ प्रदान गरिएको हो । कर्पोरेट मिडिया ग्रुपले विगत १६ वर्षदेखि विभिन्न विधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ । ग्रुपले यस वर्ष ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ मा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ व्यक्तित्वलाई अवार्ड प्रदान गरेको हो ।
बेष्ट टेलरिङ अवार्डले ग्राहकमैत्री सेवाका लागि थप प्रेरित गरेको मेरिना इम्पेक्सका अर्जुन बस्नेतले बताउनुभयो । ग्राहकको चाहना बुझेर विगत ४० वर्षदेखि स्तरीय सर्टिङ सुटिङ तथा टेलरिङ सेवा प्रदान गर्दै आएको र गुणस्तरमा सम्झौता नगर्ने भएकाले मेरिना इम्पेक्सले ग्राहकको विश्वास जितिरहेको उहाँको दाबी थियो ।
काठमाडौंको न्युरोड, बागबजार, सामाखुसी र गाबहाल पाटनमा रहेका चार शाखाबाट सेवा प्रदान गर्दै आएको मेरिना इम्पेक्स विभिन्न व्यापारिक र शैक्षिक संस्थाको युनिफर्मका लागिसमेत परिचित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच