काठमाडौं । नयाँ सरकारसँगै सोमबार ११७.७० अंकले बढेको सेयर बजारमा मंगलबार भने ७०.३१ अंकले घटेर नेप्से २००७.६९ बिन्दुमा झरेको छ । ठूला कम्पनीहरूको सूचक मापक सेन्सेटिभ इण्डेक्स ११.९७, कारोबारयोग्य सेयर सूचक मापक फ्लोट इण्डेक्स ४.७६ र सर्वसाधारणमा रहेको सेयरको मात्र सूचक मापक सेन्सेटिभ फ्लोट ३.९७ अंकले घटेको छ ।
यस दिन तीन सय १६ कम्पनीका एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता सेयर चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । म्युचुअल फण्डबाहेक सबैको समूहगत सूचक घटेका छन् । कारोबारमा आएका १३ मध्ये अन्यको सर्वाधिक ४.३५, जलविद्युत् ४.३० र उत्पादन तथा प्रशोधनमूलक ४.२० प्रतिशतले घटेको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटनमूलक, लगानी र जीवन बिमाको इण्डेक्स पनि तीन प्रतिशतभन्दा बढीले घटेको छ ।
दुई सय ३३ कम्पनीको सेयरमूल्य घटेको छ भने ७१ कम्पनीको बढेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । लामो समयदेखि सर्वाधिक कारोबार हुँदै आएको सोनापुर मिनरल्स एण्ड आयलको ४१ करोड ९१ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्ट्स २४ करोड ६५ लाख, घोराही सिमेन्ट १४ करोड ३१ लाख, जोशी हाइड्रोपावर १३ करोड १९ लाख, हिमालयन रि इन्स्योरेन्स १२ करोड ८१ लाख, मोलुङ हाइड्रोपावर नौ करोड ३५ लाख, हिमालयन डिष्टिलरी आठ करोड २५ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्टक्चरको सात करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । गुराँस लघुवित्तको सर्वाधिक ८.७३ प्रतिशतले बढेको छ भने महिला लघुवित्त ४.११, मोलुङ हाइड्रोपावर ३.४१, किसान लघुवित्त २.५८ र सिंगटी हाइड्रोपावरको २.६६ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बोटलर्स नेपाल र जोशी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल तराई ९.४५, प्रभु इन्स्योरेन्स ८.६४, बिपिडब्लु लघुवित्त ८.३१, मनकामना स्मार्ट लघुवित्त ८.२३, बाराही हाइड्रोपावर ७.८२ र नारायणी डेभलपमेन्ट बैंकको ७.३८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच