मुख्यमन्त्री शाहसहितको टोलीले भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन गर्दागर्दै भूकम्प आएपछि….

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले भुकम्प प्रभावित क्षेत्रमा क्षेतिको अवलोकन गर्दागर्दै भुकम्प आएपछि मुख्यमन्त्री शाह सहितको टोली त्रसित बनेको थियो ।

बिहीबारदेखि सुदूरपश्चमका मुख्यमन्त्री शाह गत मङ्गलवार गएको भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन र पिडितलाई सान्त्वना दिनको लागि बझाङमा हुनुहुन्छ । भुकम्प प्रभावित विभिन्न क्षेत्रको अवलोकन गरिरहनु भएको मुख्यमन्त्री शाह आज पनि बुंगल नगरपालिका वडा नं २ गिरौँमा स्थानिय कलक धामीको घरमा भुकम्पले पु¥याएको क्षतीको अवलोकन गरिरहनु भएको थियो ।

उहाँले धामीको घरमा अवलोकन गरिरहेका बेला मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर विहान ११ बजेर ४५ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको हो ।

सोही बेला भुकम्प गएपछि मुख्यमन्त्री सहितको टोली र स्थानियनै त्रसित भएका हुन् । भुकम्पपछि केहिबेर अलमल परेका मुख्यमन्त्री शाहले पछि भने सबैलाई धैर्य गर्न र सुरक्षित रहन आग्रह गर्नुभयो । उहाँले भुकम्पको जोखिम अझै पनि कायमै रहेकाले सबैलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै राहत लगायको क्षतीपुर्तीका बारेका जानकारी दिनुभयो ।

यस विषयमा सरकारले निर्णय गरिसकेको र आफुले पनि प्रक्रिया अनुसार स्थानिय सरकार मार्फत राहत तथा क्षतीपुर्तीको व्यवस्थापन गर्ने आश्वासन दिनुभयो । उहाँले आज भुकम्प जानुभन्दा अगाडी नै विद्यालय, वडा कार्यालय भवन लगायत अन्य ठाउँहरुको अवलोकन गरिसक्नुभएको थियो । त्यसपछि उहाँ धनगढी जानुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?