
काठमाडौं । महिला शक्ति विकास केन्द्र नेपाल (एमएसबिकेएन)ले १६औँ वार्षिकोत्सवका अवसरमा महिला नेतृत्वको १६ वर्ष नामक कार्यक्रम आयोजना गरेको छ । महिला शक्ति विकास केन्द्रले अवसरबाट वञ्चित महिलाको आर्थिक, सामाजिक एवं राजनीतिक अवस्था उकास्न विभिन्न तालिम र प्रशिक्षण दिँदै आएको छ ।
संस्थाले सन् २०१२ देखि भिलेज वुमन ग्रुप अर्थात् गाउँ महिला समूह स्थापना गर्दै नेपालका विभिन्न १२ जिल्लामा काम गर्दै आएको छ । हालसम्म आठ सय ५२ गाउँ महिला समूह स्थापना भएको संस्थाकी कार्यकारी निर्देशक कविता गुरुङले उक्त अवसरमा जानकारी दिनुभयो । उहाँका अनुसार २२ हजार चार सय बढी महिला समूहका सदस्य रहेका छन् । समूहमध्ये सात सय ८२ समूह स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ भने ७० समूह विभिन्न अन्य सहकारीसँग सहकार्य गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंले राजनीतिमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै संस्थाले गर्दै आएको कामको प्रशंसा गर्नुभयो । कार्यक्रममा प्यानल डिस्कसन पनि भएको थियो । लैंगिक समानता र सामाजिक समावेश विशेषज्ञ भारती सिलवाल गिरी र पूर्वसांसद तथा उद्यमी छाया शर्मा, मिडियाकर्मी सहाना बज्राचार्यको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को नारा ‘इन्भेस्ट इन वुमनः एसिलिरेट प्रोग्रेस’ अर्थात् महिलामा लगानी, प्रगतिलाई गति भन्ने भावमा केन्द्रित रहेको बताउँदै महिलालाई अघि बढाउन र फराकिलो क्षेत्रमा स्थापित गर्न लगानी आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच