
काठमाडौं । काठमाडौं जिल्लाले १४औँ बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न १३ जिल्लाको सहभागितामा विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं ३१ स्वर्ण, १२ र नौ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतीले जनाउनुभएको छ । काठमाडौं लगातार तेस्रोपटक च्याम्पियन बन्दै रनिङ शिल्ड आफ्नो नाममा लेखाउन सफल भयो ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ६ रजत र १३ कांस्य जितेको चितवन दोस्रो भयो । तेस्रो स्थानको ललितपुरले पाँच स्वर्ण, चार रजत र ६ कांस्य हात पार्यो । जम्मा ६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा मकवानपुर र भुक्तपुरले समान चार-चार, धादिङ, दोलखा, काभ्रे, सिन्धुली र नुवाकोटले समान दुई-दुई तथा रामेछाप र सिन्धुपाल्चोकले समान एक-एक स्वर्ण जिते ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । यसै प्रतियोगिताबाट राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि बागमतीबाट खेलाडी छनोट हुनेछन् । केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड वैशाख ४ देखि ६ गतेसम्म हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच