काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काभ्रे । काभ्रेपलान्चोकको रोशी गाउँपालिका-११ डालाबेशीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा चालक सिन्धुलीको मझुवा गाँउपालिका-५ का १९ बर्षीय मिलन मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौँबाट सिन्धुली तर्फ जादै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल गएराती साढे २ बजे डिभाडरमा ठोकिएर पल्टिएको थियो ।

घाइते भएका मोटरसाइकल पछाडी सवार मृतकका २१ बर्षीय दाई प्रेम बहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?