काठमाडाैं । सरकारले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकेको छ ।
बिहीवार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको पनि बताउनु भयो ।
उहाँले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोक्ने निर्णय भएकाे बताउनु भयाे ।
उहाँले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय भएकाे बताउनु भयाे ।
उहाँले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच