काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेकाे नेपाली कांग्रेसले निष्कर्ष निकालेकाे छ । कांग्रेसले आजै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले आजै समर्थन फिर्ता लिने निर्णय गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘प्रचण्डले विश्वास घात गरेर गठबन्धन तोडे । काल्पनिक कपोलकल्पित तथा कथित कारण देखाउनुभयो । हामीले यसलाई राजनीतिक बेइमानीका रूपमा लिएका छौँ, हामीले सहमतिहरू पालना गर्दै गयौँ । उहाँले अविश्वसनीय ढंगले गठबन्धन भत्काउनु भयो । गठबन्धन भत्काएर मुलुकलाई अनिश्चितता तर्फ लग्नुभयो ।’
मुख्य सचेतक लेखकले कांग्रेस संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरेपछि प्रचण्डले विश्वास घात गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच