
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा आजदेखि सेवा निवृत्त हुनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उहाँले सेवाबाट अनिवार्य अवकास लिनुभएको हो ।
न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरुले आज बिदाइ गर्नुभयो ।
न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गर्नुभएको थियो । सरकारी वकिल समूहबाट न्यायाधीश बन्नुभएका उहाँ २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।
सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रुपमा खतिवडाले २०८० साउन २१ गतेदेखि काम सुरु गर्नुभएको थियो । उहाँले वरिष्ठतम् न्यायाधीशको हैसियतमा न्याय परिषद् सदस्यको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच