काठमाडौं । विश्व बौद्ध धर्म संघकी संस्थापक अध्यक्ष सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित हुनुभएको छ । फोकस नेपालद्वारा बुधबार राजधानीमा आयोजित समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरूको भूमिका विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सर्वश्री आनी भिमसुवा गुरुङलाई सम्मान प्रदान गर्नुभएको हो ।
सम्मानित गुरुङले विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणसाथ धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका गुरु रिम्पोछे ट्रस्ट र विश्व बौैद्ध धर्म संघकी अध्यक्षलगायत विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध भई दिनदुखी र अन्य कार्यमा सहयोग गर्दै आउनुभएको छ । साथै देशको गौरव बढाउने र कोरोनाको समयमा समेत महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै सर्वश्री आनीलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा समाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई सम्मानका साथै विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच