गाउँमा बिजुली बत्ती पुगेपछि स्थानीय हर्षित

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ को पहाडी भागमा बिजुली बत्ती पुगे पछि स्थानीयहरु हर्षित भएका छन् । बिजुली पुगेपछि बर्दघाट-२ को पहाडी क्षेत्रका वस्तीहरु अध्यारो वस्तीबाट उज्यालो वस्तीका रुपमा रुपान्तरण भएका छन् । अहिले सम्म बिजुलीबत्ती नपुगेका पटुके, दमार, तिलकेनी, चाबच्चा, विहारी, पोखरीछापलगाएतका वस्तीहरुमा बिजुली बत्तीको सेवा पुगेको हो ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट २ को पहाडी भागलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने बताउनु भयो । 'पहाडी पर्यटकीय क्षेत्र बनाउन अब बिजुली बत्तीको सेवाले थप टेवा पुग्छ । अब बर्दघाट २ को पहाडी भागलाई पर्यटन प्रवर्द्धनमा जोड दिन्छौं,' नगर प्रमुख श्रेष्ठले भन्नुभयो । आफुले नगरका सबै क्षेत्रमा बिजुलीको पहुँच पुर्याउने प्रतिवद्धता जाहेर गरेको उल्लेख गर्दै उहाँले सोही योजना अनुरुप बिजुली बत्ती बाल्ने वातावरणको सृजना गरेको श्रेष्ठको भनाइ छ ।

विद्युत उत्पादन, वितरण र प्रसारणको कामगर्दै आएको नेपाल विद्युत प्राधिकरणले ५ करोडको लागतमा बर्दघाट वडा नं. २ को पहाडी क्षेत्रमा विधुतीकरणको आयोजना पुरा गरेको छ । २०७९ साल फागुन १८ गते टेन्डर आवाहन गरी २०८० पौष ११ गते विद्युतिकरणको निमार्णकार्य सम्पन्न गरेको थियो ।

विद्युतीकरण नभएको स्थानमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अफ्नै लगानिमा नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गर्ने निति अनुसार बर्दघाट नगरपालिका वडा नंम्वर २ को पहाडी क्षेत्रका वस्तीहरुमा विद्युतीकरण गरेपछी स्थानियले बिजुली बालेका हुन् ।

अहिले पहिलो पटक ७ वटा वस्तीका १ सय २८ घर धुरीमा मिटर जडान गरी करिव २ सय घरधुरीलाई प्रत्यक्ष सेवादिन लागिएको नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले बताउनु भएको छ । विद्युत प्रसारणको समुद्घाटन गर्न आउनु भएका पौडेलले समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विद्युतीकरण भएसंगै स्थानियलाई रोजगारका अवसर सृजना गर्नमा सहयोग पुग्नेमा विस्वस्त व्यक्त गर्नु भयो । सबै दलहरुको सपना विकास निमार्णतर्फ केन्द्रित भयो भने समृद्ध नेपाल बन्न सक्ने बताउदै पौडेलले जनताको सुख र दुःखमा साथ दिने गरी सबैले काम गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

बर्दघाट वडा नं. २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्ष रहेको कार्यक्रममा वडा सदस्य दानबहादुर दर्लामीको स्वागत र नगर कार्यपालिका सदस्य प्रेम भुजेलको सञ्चालन रहेको कार्यक्रममा निर्वतमान वडा सदस्य प्रेम सोमई,नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झा,चिसापानी अस्पतालका गुणस्तर विभाग संयोजक यमबहादु थापा,पटुके टोल विकास संस्थाका अध्यक्ष मान बहादुर सोती, तिल्केनी संसारकोट टोल विकास संस्थाा अध्यक्ष पदम बहादुर खाम्चालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?