काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा आज (शनिबार) सुरु हुने प्रतियोगितामा ब्वाइज र गल्र्स दुई विधामा प्रतिस्पर्धा हुनेछ ।
ब्वाइजतर्फ ३२ र गल्र्सतर्फ आठ टोलीको सहभागिता रहने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको ब्वाइजतर्फको विजेताले एक लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । गल्र्सतर्फको विजेताले ५० हजार र दोस्रो टोलीले २५ हजार रुपैयाँ पाउनेछन् । दुवैतर्फको सर्वोकृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली टोलीले २ विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् । तर, एक पटकमा एकजनालाई मात्र कोर्टमा उतार्न पाइने आयोजकले जनाएको छ ।
नेपाल बस्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले नेपालमा राम्रो सम्भावान भएको र आर्थिक रूपमा पनि कम भार पर्ने भएकाले थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता गर्न लागेको बताउनुभयो । बास्केटबल संघले युवापुस्तामा खेलको ब्राण्डिङको लागि यो पटकबाट ब्राण्ड एम्बास्डरमा नेपाली फिल्मका युवा अभिनेता अनुपबिक्रम शाहीलाई अनुबन्ध गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच