रुद्राणां शङ्करश्चास्मि वित्तेशो यक्षरक्षसाम् ।
बसूनां पावकश्चास्मि मेरुशिखरिणामहम् । १०/२३
रुद्रहरूमा शंकर हुँ, यक्षहरूमा कुबेर हुँ, वसुहरूमा अग्नि हुँ, पर्वतहरूमा सुमेरु हुँ । यसै गरी कृष्णले पुरोहितहरूमा बृहस्पति, सेनापतिमा स्कन्ध, जलाशयहरूमा सागर, महर्षिहरूमा भृगु, वाणीहरूमा एक अक्षर ओंकार, यज्ञहरूमा जय यज्ञ, अविचल स्थावरहरूमा हिमालय, वृक्षहरूमा अशोक, देवर्षिहरूमा नारद, गन्धर्वहरूमा चित्ररथ, सिद्धहरूमा कपिल, घोडाहरूमा उच्चैश्रवा, हात्तीहरूमा ऐरावत, मनुष्यहरूमा राजा (नराधिय), शस्त्रहरूमा वज्र, गाईहरूमा कामधेनु, कामनाहरूमा कामदेव, सर्पहरूमा वासुकि, नागहरूमा अनन्त, जलचरमा वरुण, पितृहरूमा अर्यमा, नियमहरूमा यम, दैत्यहरूमा प्रहृलाद, गणहरूमा काल हुँ, मृगहरूमा सिंह हुँ, पक्षीहरूमा गरुड हुँ, पवित्र गर्नेहरूमा वायु हुँ, शस्त्रधारीहरूमा राम हुँ, माछाहरूमा गोही हुँ, नदीहरूमा गंगा हुँ, सर्गहरूमा आदि, मध्य र अन्त्य हुँ, विद्याहरूमा अध्यात्म विद्या हुँ, विवादमा वाद हुँ, अक्षरहरूमा ॐ कार हुँ, समासहरूमा द्वन्द्व हुँ, कालहरूमा अक्षय काल हुँ, कर्मफल दिनेमा विधाता (ईश्वर) हुँ, संहारहरूमा मृत्यु हुँ, कल्याणहरूमा उन्नति हुँ, स्त्रीहरूमा कीर्ति, (श्री, वाणी, स्मृति, मेधा, धृति र क्षमा) यी सात प्रकारका धर्मपत्नीहरू हुँ, सामहरूमा वृहत्साम, छन्दमा गायत्री, महिनाहरूमा मंसिर, ऋतुहरूमा वसन्त, छलहरूमा जुवा हुँ, तेजस्विहरूको तेज, जयहरूमा जय र व्यवसायीमा व्यवसाय, सात्विकहरूमा सत्व हुँ ।
कृष्णले दिएको भनिएको दिव्य दृष्टि लीला दृष्टि हो जसको सहायताले एउटै कृष्णलाई अर्जुनले विविध रूपमा देखेका थिए । भिन्न रूप कृष्ण लीलाका यही विराट् रूपभित्रका विभिन्न रूपहरू थिए । यहाँ एउटै अर्जुनले कृष्णका विभिन्न रूप देखेका थिए ।
कृष्णहरूमा वासुदेव हुँ, पाण्डवहरूमा अर्जुन हुँ, मुनिहरूमा व्यास हुँ, कविहरूमा शुक्राचार्य हुँ, निग्रहमा दण्ड हुँ, जयको कामना गर्नेहरूमा नीति हुँ, गोपनीय वस्तुमा मौन हुँ, ज्ञानवान्हरूको ज्ञान हुँ । त्यति मात्र होइन समस्त भूत जगत्को बीजवस्तु नै म हुँ । यस्तो कुनै स्थावर र जंगम वस्तु छैन जुन मविनाको होओस् । (गीता १०/२४-३९) भनेर यो संसार पूर्णरूपले लीलामय छ । यहाँ सबै वस्तुमा अन्य वस्तुको भ्रान्ति छ, अज्ञानता छ, भिन्नता बोध छ, अवतारबोध छ । श्रीमद्भगवद्गीताको यही दर्शनलाई भागवतमा आख्यानका माध्यमले व्यक्त गरिएको हो । लीलाबोधको आधार यही दर्शन हो । यसलाई प्रयोगात्मक रूपमा आफ्नो विराट् रूप देखाएर कृष्णले अर्जुनलाई तत्व ज्ञान गराएझैँ मानिसले पनि बुझ्नुपर्छ ।
सबै वस्तु मै हुँ मबाहेक अरू केही छैन भन्ने कृष्णको उपदेश अनि अर्जुनलाई त्यस्ता विचित्र, अद्भूत कृष्णको स्वरूप हेर्ने इच्छा भएपछि कृष्णले आफ्नो विराट् रूपको दर्शन अर्जुनलाई गराए । जसरी माथि जे जस्तो हुँ भनेर कृष्णले भनेका थिए त्यही अद्भूत रूपका कृष्ण अर्जुनका सामु प्रकट भए । यही अद्भूत दृष्टिको दर्शन नै लीलाबोध हो ।
नतु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा ।
दिव्यं ददामि ते चक्षुः पश्यमे योगमैश्वरम् । ११/८
तिमीले सामान्य आँखाले मेरो रूप हेर्न सक्दैनौ । त्यसैले म तिमीलाई मेरो रूप हेर्न दिव्य चक्षु दिन्छु भनेर कृष्णले अर्जुनलाई दिव्य चक्षु दिए । त्यही दिव्य चक्षुका सहायताले अर्जुनले कृष्णको विराट् रूप हेरे । यहाँ कृष्णले दिएको भनिएको दिव्य दृष्टि लीला दृष्टि हो जसको सहायताले एउटै कृष्णलाई अर्जुनले विविध रूपमा देखेका थिए । भिन्न रूप कृष्ण लीलाका यही विराट् रूपभित्रका विभिन्न रूपहरू थिए । यहाँ एउटै अर्जुनले कृष्णका विभिन्न रूप देखेका थिए, उता भागवतमा धेरै व्यक्तिले छुट्टाछुट्टै रूप देखेका थिए । यही कृष्ण रूपका विभिन्नताहरूका आधारमा बोध र दृष्टि दुवैमा लीला प्रकट भएको हो ।
यही आध्यात्मिक दर्शन नै भागवत्मा साहित्यका रूपमा प्रकट भएको हो । यसले एउटै ईश्वरका विभिन्न रूप छन् हामी ती भिन्न रूपमा, भिन्न दृष्टिमा, भिन्न बोधमा, भिन्न अवतारमा, भिन्न ज्ञान गरिरहेका छौँ । त्यसैले दिव्य ज्ञान नहुन्जेल हामीले जानेको भनेको धारणाहरू नै जानेको हो, ती सबै धारणा कृष्णका भ्रम हुन् अनि कृष्ण के हुन् भन्ने कुरा एउटै शब्दमा हामीले जान्न सक्दैनौँ सबै धारणाहरूमात्र जान्दछौँ र भ्रम मात्र लेख्छौँ । यही विचार नै लीला धारणा हो, यही नै भ्रान्तिहरू र लीला लेखन हो ।
यही दृष्टान्तले हामी अवतार ज्ञानका विषयमा स्पष्ट हुन सक्छौँ । वहुनिमे व्यतितानि जन्मानि तव चार्जुन । साथै हामी अकर्ता हौँ वा निमित्त मात्र हौँ भन्ने बोध पनि यसैबाट छर्लङ्ग हुन्छ । कर्ता त हामी हुँदै होइनौँ । एकातिर कृष्णले आपूm कर्ता भएको र आफैँले नै यो सबै स्थावर र जङ्गमको रचना गरेको चातुर्वण्र्यं मया सृष्टं गुणकर्म विभागशः (४/१३) प्राणीहरूका गुण कर्मको विभागको आधारमा सृष्टि गरेको बताएका छन् भने यसैलाई साङ्ख्य मतले हेर्दा यो सबै प्रकृतिको क्रिया हो हामी कर्ताको भ्रम पालेर बस्छौँ भन्ने अलि फरक, केही भौतिक तहको उत्तर पनि कृष्णबाटै पाएका छौँ । त्यो ज्ञानपछि कृष्णको कर्तृत्व ज्ञान पनि भ्रम ज्ञान नै ठहर्छ त्यस बेला ईश्वरीय कर्तृत्वसम्बन्धी आध्यात्मिक ज्ञान पनि भ्रमजस्तो लाग्छ ।
अनि हामी प्रकृतिको नियमित सञ्चरणशील धर्मको सृष्टि हो वा ईश्वरीय सिर्जना हो भन्ने अर्थहरूको चिप्लाइको तहमा पनि पुग्छौँ । घरि ईश्वर कर्ता हो भन्ने लाग्छ, घरि प्रकृति नै कर्ता हो भन्ने लाग्छ । यहीँ हाम्रो अकर्तृता र निमित्तमात्रता स्पष्ट हुन्छ । युद्धको निम्ति आनाकानी गरिरहेका र मैले युद्ध लड्दिन भन्दा युद्ध नै रोकिन सक्छ भन्ने गहिरो भ्रम पालेर बसेका अर्जुनलाई धेरै प्रकारका उपदेश दिइसकेपछि कृष्णले भने तिमी त केवल निमित्त मात्र हौ । तिमीले यो कदापि नसम्झनु कि युद्ध तिम्रो अधीनमा छ । तिमी वा म सबै कर्तव्यले बाँधिएका छौँ । यो युद्धमा तिमी कर्तव्यले मात्र निमित्त बन्न आइपुगेका छौ । यी सबै कुरुक्षेत्रका योद्धाहरूलाई त मैले पैले नै मारिसकेको छु । मयैवैते निहताः पूर्वमेव (११/३३) ।
त्यसैले तिमी निमित्त मात्र भइदेऊ निमित्त मात्रं भव सव्यसाचिन् (११/३३) भनेर सृष्टिको कर्तृता आफ्नो हातमा भएको र यो सृष्टिमा जे जति उत्पत्तिमा कारणहरू देखा परेका छन् ती सबै निमित्त मात्र हुन् । हे अर्जुन तिमीले यो युद्धमा मैले नै मारिसकेका द्रोण, भीष्म, जयद्रथ, कर्णलगायत अरू पनि वीरहरूलाई मार्नेछौ । त्यसैले निर्भय भएर युद्धमा जाऊ (गीता ११/३४) भनेर सम्झाएको लीला दर्शनले हाम्रो निमित्त मात्रतालाई स्पष्ट पारेको छ ।
प्रकृत्यैव च कर्माणि क्रियमाणानि सर्वशः ।
यः पश्यति तथाद्रद्रत्मानमकर्तारं स पश्यति । १३/२९
जुन मानिसले कर्मका सबै प्रकारहरू प्रकृतिद्वारा नै भएका छन् भन्ने देख्छ र आत्मालाई अकर्ता हो भन्ने बुझ्छ त्यसले नै वास्तवमा देखेको हो, बुझेको हो । अब यहाँ ईश्वरको कर्तृता पनि प्रकृतिको कर्तृत्व दुवै अर्थलाई बुझाउँछ । कर्ता त ईश्वर नै हो तर ऊ पनि प्रकृतिको माध्यमले नै कर्ता हो प्रकृतिभन्दा पर गएर कर्ता होइन भन्ने अर्थको चिप्लाइमा पुगेरमात्र अर्थबोध हुन्छ । यसबाट अन्यबोध, भ्रान्तिबोध, अकर्ताबोध र भिन्नताबोधसहितका विभिन्न अर्थहरू उपस्थित हुन्छन् । यहाँ मायिक ज्ञानले पनि काम गरेको छ ।
कृष्णले ब्रहृमज्ञानको निष्कर्षमा यो सारा मायिक संसारको सार संक्षेप उपदेश गर्दै अर्जुनलाई आफू विभिन्न रूप, रङ्ग र ढङ्गमा मात्र प्रस्तुत भएर संसार लीला गरेको होइन बरू सबै योनिहरूको पनि बीज रूप आफू हुँ । मबाहेक बाहिर केही छँदै छैन भनेर सारा संसार आफूमा अटाएको र सारा संसारमा आफू विद्यमान रहेको दार्शनिक यथार्थ प्रस्तुत गरेका छन् ।
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रहृम महद्योनिरहं बीजप्रदः विता । १४/४
जति पनि योनिहरू छन् र हुन सक्छन् ती सबैको मूल योनि ब्रहृम योनि हो अनि त्यो ब्रहृम योनिमा वीर्य स्थापन गर्ने म सबैको पिता हुँ । अब यसपछि संसार नामको वस्तु कृष्ण रूप ब्रहृमभन्दा पर र पृथक् केही छँदै छैन । जे जति दृश्यमान् वस्तु हामीले जानेका, मानेका, बुझेका, ज्ञान लिएका, दिएका भनेर ठान्दै आएका छौँ ती सबै त कृष्णले मायिक रूपमा सिर्जना गरेका वस्तुहरू हुन् अनि हाम्रा सबै प्रकारका बुझाइ हुन् । भ्रमहरू हुन् अनि हाम्रा लेखाइ पनि तिनै भ्रमकै वरिपरि छन् । वास्तविकता यी हाम्रा धारणा र बुझाइभन्दा धेरै पर छ अनि फरक छ । त्यो ब्रहृमतत्त्व हो, आत्मातत्त्व हो, महत् तत्व हो, विष्णु, कृष्ण वा शिव तत्व हो या अरू केही हो ।
लीलाबोधी लेखन र श्रीमद्भगवद्गीतामा श्रीकृष्णले आफूलाई सम्पूर्ण ठानेको धारणाको लौकिक व्याख्यामा धेरै नै समानता छ । गीता दर्शनबाट पनि लीलाबोधी लेखन प्रभावित छ । लीला सिद्धान्तको आधार भूमि गीता दर्शन हुन सक्ने सम्भावनालाई प्रस्ताव गरिएको यो लेखन एउटा युक्ति हो ।
हो यही बिन्दुमा आएपछि हाम्रो ज्ञान टुङ्गिन्छ तर जान्नुपर्ने कुरा सबै नै बाँकी रहन्छ । यही बिन्दुबाट संसारको लीलामयता र त्यसप्रतिको बोधको प्रारम्भ हुन्छ । यति विशिष्ट, यति आध्यात्मिक, यति वस्तुगत अनि यति रहस्यमय कुराको बोधपछि नै लीलाबोधको दर्शन प्रारम्भ हुन्छ । वास्तवमा लीला लेखन यही दार्शनिक विचारको पुष्टिको निम्ति गरिनुपर्छ । त्यसैले यो आध्यात्मिक हो, यो दार्शनिक हो र यो पूर्वीय विचार हो भन्ने कुरालाई लीला लेखकहरूले बिर्सनु हुँदैन ।
भगवद्गीताका यी केही दृष्टान्तहरू दिएर लीला लेखनलाई आध्यात्मिक ईश्वरवादी बनाउन खोजिएको होइन । बरू बुझ्न धेरै प्रकारका बाटाहरू खुला छन् । लीलाबोध जीवन र जगत् बोधको दर्शन हो । यसरी लीलामय लाग्ने गीताका विचारहरूमा बोधका धेरै सम्भावनाहरू छन् । यो दृष्टान्तको आधारमा जगत्लाई नयाँ आँखाले हेर्न नयाँ बाटो खोजौँ । सबै प्रकारका सम्भावनाबाट लीला विचारलाई अथ्र्याऔँ भन्ने उद्देश्य राखिएको छ ।
माथिका विभिन्न विचारहरूको छलफलबाट लीलाबोधी लेखनको पृष्ठाधार पूर्वीय वाङ्मय, दर्शन र पौराणिक आख्यानहरू हुन् भन्ने कुरा र लीला आध्यात्मिक र भौतिक दुवै जीवन जगत्को हेराइबाट निर्मित धारणा हो, हामीले कुनै पनि कुराको स्थिर धर्म देखेका छैनौं, सबै परिवर्तनशील छन् । सबै हुन् जस्ता लागेका धारणाहरू भ्रम भएको पाइएको छ । एउटै वस्तु र विषयलाई पनि अनेक अर्थ गर्न सकिन्छ । हामीले भोगेको भोगाइका पनि विभिन्न अर्थ छन् । हामीले जुन कुरा हो भनेर अघि लागेका छौँ, केही समयपछि त्यही कुरा होइन रहेछ भन्ने ज्ञान हुन्छ अनि अर्कोको बोधको पछि लाग्छौँ ।
सदा चलायमान सृष्टिका चलनशील धर्मका हामी र हाम्रा धारणा, विचारणा, क्रियाहरू, व्यवहार, ज्ञानहरू, सबैका विकल्प छन् । बहुविकल्पी चेतनालाई धारण गरेर वस्तुबोधको क्रममा हामी अघि बढेको कुरा साहित्यले लीलामय ढंगले एकै ठाउँमा धेरै कुराको हो जस्तो गरेर देखाउन सक्छ । संसार लीला, वस्तु लीला, सबै नाशवान्, सबै क्षणिक, सबै शून्य अनि सबै दृश्यमान् जगत्मा यो र ऊ को उपाधिमा विद्यमान छ । यही दृष्टि यही धारणा र विचारका हरेक तहलाई हेर्ने मान्यता लीला मान्यता हो । यो मान्यता हाम्रा पूर्वजन्म, पुनर्जन्म, हाम्रा आध्यात्मिक र भौतिक मान्यता समेतको फ्युजनमा जीवनको वास्तविकता, जगत्को लीलामयतालाई हेर्न छानिएको आँखा जसलाई विचार दर्शन र साहित्यमा त्यसको प्रयोगसहित बुझाउन चाहिएको छ ।
लीलाबोधी लेखन र श्रीमद्भगवद्गीतामा श्रीकृष्णले आफूलाई सम्पूर्ण ठानेको धारणाको लौकिक व्याख्यामा धेरै नै समानता छ । गीता दर्शनबाट पनि लीलाबोधी लेखन प्रभावित छ भन्ने सैद्धान्तिक प्रस्तावको खोजी गर्ने काम यस आलेखमा गरिएको छ । लीला सिद्धान्तको आधार भूमि गीता दर्शन हुनसक्ने सम्भावनालाई प्रस्ताव गरिएको यो लेखन एउटा युक्ति हो । अरू विकल्पहरू पनि लीला सिद्धान्तमा अटाउन सक्छन् । यही लेखन पूर्णलेखन होइन । सिद्धान्तका कुराहरू प्रस्तावित हुँदै जाने छन् ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच