-पुरन साह
जनकपुरधाम । बहुलराष्ट्र राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति अभियान थालेका नेता राजेन्द्र महतोले पहिचान सहित बहुलराष्ट्र राज्य निर्माणको आन्दोलन अव मधेशको हुलाकी सडक देखि पहाडको लोकमार्गमा समेत एकैसाथ हुने बताउनु भएको छ ।
जनकपुरधाममा मुक्ति क्रान्तिद्वारा आयोजित वृहत सम्वादात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बहुलराष्ट्र राज्य निर्माण एक मात्र उद्देश्य हुने र त्यसका लागि मिल्ने शक्तिहरु बीच सहकार्य गरेर मात्र पार्टीको निर्माण हुने समेत बताउनु भयो ।
महतोले पालै पालो लुट मच्चाउन अहिले गठबन्धन बनेको बताउनु भयो । १२ प्रतिशत खस शासकहरु मिलेर पालैपालो कसरी ढुकुटी लुट्ने भनेरै वर्तमान गठबन्धन बन्नु र भत्कनु रहेको उहाँको तर्क थियो ।
कार्यक्रममा तामाङ्गका अगुवा बुद्वि छिरिङ्ग तामाङ्गले नेपालका मधेशी, आदीवासी, जनजाती, थारु र दलित सहितका पिछडिएका समुदाय कुर्सीको राजनिति गरेपनि बैचारिक राजनितिक गर्न नसकेको कारण समस्या यथावत रहेकाले सत्ता भन्दा पनि क्रान्तिका लागि केहि वर्ष खर्च गर्नुपर्ने बताउनु भयो ।
उहाँले मधेशी, नेवार, तामांङ्ग, थारु, गुरुङ्ग र दलित सहितका सबै समुदाय अव एक भएर गोर्खाली शासनको अन्त्य गर्नुपर्ने बताउनु भयाे । उहाँले राजेन्द्र महतो यो क्रान्तिको अगुवाई गरेर ‘राम’ बन्ने बताउनु भयो । नेवार अगुवा तथा काठमाण्डौं महानगरपालिकाका प्रत्यासी सुमन शायमीले मधेशी जस्तै काठमाण्डौंको नेवारको पीडा मिल्दाजुल्दा रहेको बुझेर यस अभियानमा लागेको बताउँदै काठमाण्डौंको मेयर भन्दा पनि मुक्तिको योद्वा हुन मन लागेकाले अभियानमा लागेको बताउनु भयो ।
मधेशका युवा नेता केशव झा र राजिव झाले कांग्रेस, एमाले र माओवादीबाट आएर मधेशी दलको नेतृत्व गरेका नेताहरुको अगुवाईमा मधेशीको मुक्ति असम्भव रहेकाले यो क्रान्तिको विकल्प नरहेको बताउनु भयो । सो अवसरमा मधेशसहित देशका विभिन्न प्रदेशका जनजाती, नेवार दलित सहित डा. सिके राउतको स्वतन्त्र मधेशको अभियानका संस्थापक कैलाश महतो सहितको बाक्लो उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच