काठमाडौं । साताको पहिलो दिन सेयर बजार २२.१० अंकले बढेर २०५२.६ अंकमा पुगेको छ । आइतबार झण्डैै तीन अर्ब अर्थात् दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ रुपैयाँ बराबरका ७० लाख ४३ हजार चार सय ५७ कित्ता सेयर कारोबार भएका छन् । जलविद्युत्बाहेक १२ वटै समूहका सूचक बढेका छन् ।
लघुवित्त ४.२१ प्रतिशतले बढेको छ भने जीवन बिमा १.८४ प्रतिशतले बढेको छ । फाइनान्स १.४०, निर्जीवन बिमा १.३४, लगानी १.२६, होटल तथा पर्यटनमूलक १.१२, विकास बैंक १.०८ र म्युचुअल फण्ड १.०१ प्रतिशतले बढेका छन् ।
आइतबार भएको कारोबारमध्ये दुई सय ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ वटाको घटेको छ । १३ कम्पनीको स्थिर रहेको छ । जाल्पा सामुदायिक लघुवित्त र विन नेपाल लघुवित्तीय वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ तर चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ७.०६ र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ ।
शिवम् सिमेन्टको सर्वाधिक २२ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स १८ करोड १३ लाख, जोशी हाइड्रोपावर सात करोड ९० लाख र हिमालयन रि इन्स्योरेन्सको सात करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच