काठमाडौं । लामो समयदेखि बेलायत बस्दै आउनुभएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल हुनुभएको छ । गतवर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तिम संस्कार’बाट तारिफ बटुल्न सफल निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन ।
शाइ प्रोडक्सन नेपालको व्यानरमा निर्माण हुने चलचित्रमा हृयाम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । पछिल्लो समयका व्यस्त र लोकप्रिय अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर शनिबार निर्माण टिम र खड्काबीच सम्झौता भएको हो ।
चलचित्रको कथा निर्देशक शाहीले नै लेख्नुभएको हो । चलचित्रका अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकिरहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच