काठमाडौं । कोका-कोलाले चैत २ गते ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भएको छ । कम्पनीका अनुसार ‘इज कुकिङ’ कोका-कोलाको विश्वव्यापी क्याम्पेन हो, जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । कार्यक्रम कोका-कोलाको ग्लोबल ब्राण्ड प्लेटफर्म ‘रियल म्याजिक’ अन्तर्गत नै पर्न आउँछ । यस वर्षको काठमाडौं इज कुकिङ ऐतिहासिक हुने कम्पनीको दाबी छ ।
कार्यक्रममा चर्चित भारतीय गायक पापोनलगायत नेपाली चर्चित ब्याण्ड तथा गायकहरू द एलेमेन्ट्स, भेक, जोन एण्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् । कम्पनीका चन्द्रिका कालियाले भन्नुभयो, ‘यस कार्यक्रमले नेपालीहरूको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ‘काठमाडौं इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरू देख्न पाइनेछ । नेपाली समुदायका विभिन्न जीवन्त भावनालाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।’ काठमाडौं इज कुकिङले नेपालको संगीत र सबैको मन पर्ने परिकार मोस्मोको कम्बिनेसनलाई झनै बलियो बनाउनेछ । यो संस्करणले पनि अघिल्ला वर्षहरूझैँ सफल हुने कम्पनीले विश्वास लिएको छ ।’ कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोस्मो भेन्डरको सहभागिता रहने बताइएको छ ।
बोटलर्स नेपालका एमडी दीपक सेन्थिल नाथले भन्नुभयो, ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण नेपालमा कोका-कोलाको यात्राको एउटा महत्वपूर्ण कोशेढुंगाका रूपमा स्थापित हुनेछ । यस कार्यक्रममार्फत् हाम्रा उपभोक्ताका लागि अतुलनीय क्षण सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।’ काठमाडौं इज कुकिङ फोहोररहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ । कार्यक्रमले कोका-कोलाको रिसाइक्लिङप्रतिको प्रतिबद्धतालाई झल्काएको कम्पनीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच