काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि ’कवि’ लेखिदिए हुने बताउनुभएको छ । कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै ओलीले नेपालीहरू जातैले कवि रहेको बताउँदै हरेक नेपाली नामको पछाडि कवि लेखिदिए हुन बताउनुभएको हो । ‘मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि हुन् ।
हरेक नेपालीको अन्त्यमा कवि लेखिदिए हुन्छ,’ उहाँले भन्नुभयो,’ उहिल्यै लिपी पैदा हुनुभन्दा अघि पनि गाउँथे, काव्य रचना गर्थे । काव्यको रचना‚ छन्दको रचना यस भूमिमा थियो भन्ने कुरा गर्न खुसी लाग्छ ।’ उहाँले दोहोरी खेल्न पनि नेपालीहरू अब्बल रहेको बताउनुभयो, उहाँले भन्नुभयो, ‘नेपालमा जस्तो दोहोरी खेल्न कसैले सक्छ ? भन्ने मात्रै होइन नि‚ खुत्रुक्कै गरी भन्छ ? कसरी भन्छ त्यो काव्यता, लय कसरी आउँछ ,’ उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ नबुझेर एकछिन हाँस उठ्छ । मर्मको गहिराइमा पुगेपछि बल्ल थाहा हुन्छ । कति महान् कवित्व त्यहाँ प्रकट भएको हुन्छ ।’
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :