सिमकोटको आठौँ गाउँसभा सम्पन्न

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको हिउँदे आठौँ गाउँसभा सम्पन्न भएको छ । सोमबार दुईवटा पुरानाकार्यविधिलाई संशोधन गर्दै ६ वटा नयाँ आवश्यक ऐन तथा कानुन पारित गर्दै गाउँसभा सम्पन्न भएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको आठौं हिउँदे गाउँसभाले सिमकोट गाउँपालिका वस्ति विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभुत मापदण्ड २०८०, आर्थिक सहयता वितरण कार्यविधि २०८०, वालविवाह अन्त्यका लागि स्थानीय तह रणनिती २०८०, व्यवसायी कर सम्बन्धि कार्यविधि २०८०, घरबहाल कर व्यवस्थापन सम्बन्धि कार्यविधि २०८०, खुल्ला प्रतिस्पर्धाबाट प्रधानध्यापक छनोट कार्यविधि २०८० लाई संशोधन गरिने गरी ६ वटा नयाँ कार्यविधि तय भएका छन् ।

भने यस्तै पूर्वधार विकास आयोजना सञ्चालन २०७९, र घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धि कार्यविधि २०७५ लाई संशोधन प्रस्ताव पारित गएिको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । सबै ऐन गाउँसभाले सर्वसम्मत निर्णय गर्दै पारित गरेको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाको सभाबाट पारित भएका ऐन गाउँपालिकाको राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने भएको उपाध्यक्ष शुसिला रोकाया भामले बताउनुभयो ।

यस्तै आठौं हिउँदे गाउँसभामा उपाध्यक्ष शुसिला रोकाया (भाम), प्रमुख प्रशासकीय अधिकृत शुवास आले लगायत सभामा गाउँपालिका भित्रका ८ वटै वडाका अध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?