अवैध लागूऔषध गाँजासहित पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रोकी राखेको बीआर ०१ बीएफ ५५८१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडी डिक्कि र सिटको भागमा फल्स बटम बनाई लुकाई राखेको उक्त परिमाणको गाँजासहित फेला पारी  पक्राउ गरेको हो ।

यसैगरी पर्साकाे वीरगंज महानगरपालिका-९ स्थित बस स्टेसनबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ ग्रामसहित सखुवा प्रसौनि गाउँपालिका-८ जमुनिय बस्ने ५५ वर्षीय ध्रुव ठाकुरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?