विराटनगर । नेपाली लेखक संघद्वारा विराटनगरमा विचारगोष्ठी आयोजना गरिएको छ । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा दुई भिन्नभिन्न विषयमा वार्तापत्र प्रस्तुत गरिएको थियो ।
नेपाली लेखक संघका केन्द्रीय सदस्य निर्मला कोइरालाको सभापतित्वमा सम्पन्न समारोहमा कार्यक्रमका अर्का संयोजक राधिका गुरागाईंले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा डा.मीनाक्षी नेपालले ‘हाम्रो समाजमा नारीको स्थान’ भन्ने विषयमा विशेष वार्ता प्रस्तुत गर्नुभएको थियो भने प्राध्यापक कविराज न्यौपानेले ‘नारी अस्तित्वको दार्शनिक पक्ष’ भन्ने विषयमा केन्द्रित वार्ता प्रस्तुत गर्नुभएको थियो । यी दुवै वार्ताहरूमाथि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राध्यापक डा.रत्नमणि नेपालले टिप्पणी गर्नुभएको थियो ।
साहित्यकार डा.विमला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा प्रा.डा.गोपाल भण्डारी, साहित्यकार विवश पोखरेल र साहित्यकार गंगा सुवेदीले मन्तव्य प्रकट गर्नुभएको थियो । समारोहमा नेपाली लेखक संघका केन्द्रीय समितिका साथै मोरङ, सुनसरी, झापा, उदयपुर र चितवन जिल्ला समितिका पदाधिकारीहरूको उपस्थिति थियो ।
सभाको दोस्रो सत्रमा आयोजित कवि गोष्ठीमा मोरङका साथै विभिन्न जिल्लाबाट उपस्थित ४६ जना कविहरूले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कवि शुभलक्ष्मी लम्सालले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच