मानवीय मूल्य वैचारिक,व्यक्तित्व,व्यक्तिको व्यवहारमा परिपक्कतार यी सबैको एकमुष्टता नै मानवीय मूल्य हुन् । सामाजिक सिमाभित्र रहनु मानवीय मूल्य मान्यताको प्रधान पक्ष हुन आउँछ । समाज,मान्छे र सम्बन्ध यी स्वयं आफैँमा पूरक पक्ष हुन। यिनीहरुमा अस्थिरता हैन स्थिरता रहनु महत्त्वपूर्ण हो ।अनी बल्ल सन्तुलन कायम हुन सक्छ। यी तीन वटा पक्ष मध्ये एउटा पक्षमा दरारता आउँदा क्षण नै अर्को पक्ष सँग अतिशय सम्वन्ध राख्ने भएकाले यी तीनै पक्ष खलबलीन सक्छन् ।
तर वर्तमान समयको परिप्रेक्ष्यमा मानवतावादी चिन्तनमा त्यति गम्भीरता पुर्वक चिन्तन गर्न नसकिएको हो,की जस्तो आभास भैरहेको छ । अहिलेको वर्तमान समयको घडीमा मानवीय मुल्य मासिदैँ र नासिदैँ गैरहेका छन । हामी कसैलाई पनि यसको बारेमा कुनै अभिप्राय नै छैन । मानिसहरु आ–आफ्नो चिन्तन मात्रै गर्छन । उनीहरु लाई राष्ट्र,समाज,समुदाय र आफ्नै छिमेकीको कुनै प्रवाह नै छैन । यी र यस्तै प्रकृतिका यावत् घटनाहरु हाम्रै वरिपरि भैरहेका छन् र घटिरहेका छन् ।
एउटा छिमेकी लाई अर्को छिमेकीको कुनै प्रवाह नै छैन किनकी उसमा मानवीय गुण बिस्तारै लुप्त हुँदै छ। हरेक क्रियाकलाप लाई उसले आर्थिक होस वा अन्य सुखभोग कुराहरु सँग लगेर दाज्ने काम गर्छ । समाजमा गरिब, निमुखा,अपाङ्ग र अशक्तको कुनै परल नै छैन । कुनै राष्ट्र,समाज र समुदायमा बस्न पाउँनु सबैको समान हक अधिकार हो तर जो निमुखा,गरिब र अशक्त छन उनीहरु लाई मात्रै समाजमा दबाबमा पारिन्छ हेपिन्छ किनरु यो प्रश्नको उत्तर कुनै राजनीतिक दल,सत्ताका लागि लुछाचुडीँ गर्ने व्याक्तिले दिने हैन किनकी यसको चिन्ता त हामी आफैँले लिने हो। राजनीतिक दल र सत्ताका लागि लुछाचुडीँ गर्ने लाई त कुर्सी र सत्ता मात्रै ठुलो हो । उनीहरु लाई मानवीय मूल्य नासिदैँ जानु र मासिदैँ जानुले कुनै तुक राख्दैन उनीहरु लाई आफ्नो सत्ता बचाउनु छ अनी कुर्सी बचाउनु छ । मानवीय मूल्य बचाउनु आवश्यक देख्दैन ।
उनीहरूको दृष्टिकोणमा..........
हामी स्वयं लाई पनि त अवगत छ,मानवीयता हराउँदै गैरहेको छ तर हामीसँग तर्क गर्ने मुख भएर नी मूक छौँ। किनकी हामी लाई समाज र राष्ट्र बदल्नु छैन स्वयं बद्लिनु छ । यहीँ अवस्था निरन्तर रहेको खण्डमा मानवीय मूल्य र मान्यता के होला नी ? हामी मानिसले एउटा जनावर लाई जति दिने प्रेमरसद्भाव एउटा मानिसले प्राप्त गर्न सकिरहेको छैन । भनेसी हाम्रो मानवीयता त लगभग चुडान्त हुन लागिसके छ। व्यक्ति स्वयं उदण्डताको पक्षधर छ । उ आफ्नो नैतिक परिधिभित्र नै छैन । आफैँ दौडिएको छ ।तछाडमछाड छ । यो दुनियाँ लाई बेमतलबी बनाएको छ र स्वयं लाई सर्वेसर्वा सम्झन्छ । दम्भ र अहङ्कारले भरिएको छ । यो स्थिति आजको विश्वमा व्यापक छ । यो अनैतिक प्रवृत्ति,बेमतलबी,सर्वेसर्वा र दम्भी जस्ता रंगिन बेलुन एकदिन पक्कै फुट्ने छन । र सबैलाई चेतना हुने छ तर त्यतिबेला कालातिक्रम भइसक्ने छ ।
अहिलेको प्रमुख समस्यको रुपमा स्थापित भएको विषय हो मानवतावादी चिन्तन किनकी र यस विषयमा कसैले त्यति महत्त्वका साथ ध्यान दिएको जस्तो लाग्दैन। वर्तमान विश्व परिवेश पनि यो अवस्था बाट गुज्रिरहेको छ । रुस युक्रेन युद्ध देखि लिएर यी यावत् कुराहरुले मानवतावादी चिन्तन त बढाएको छ पछिल्लो समयमा तर अझै पनि यसलाई महत्त्व दिइएको छैन । विश्व यस्तो आक्रान्त छ तर पनि कसैको ध्यान गैरहेको छैन । अबका आगामी ठुला ठुला मिसाइल परीक्षण देखि लिएर युद्धले झन मानिसको अवस्था कस्तो होला रु यस प्रति विश्व समुदाय नै सचेत भएको देखिदैन ।
“वास्तवमा मानवतावादी चिन्तन मासिदैँ र नासिदैँ जानुको कारण मानिसहरु लाई पद,पैसा र प्रतिष्ठाले सम्मोहन लगाइरहेको छ ।यी क्षणभङ्गुर कुराहरुले सम्मोहन लगाइ रहँदा मूल्य र मान्यता घट्दो छ । मन्स्यउल हुनको भाव बिर्सदै जानु पक्कै यो सुन्दर पक्ष हैन । यो अवस्था कालान्तरमा पनि जारी रहेको खण्डमा मानव र मानव बिचको यो निकटताको सम्बन्ध पारपाचुके हुने कुरा निश्चित छ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच