काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई सिआइबीको प्रमुख र किरण बज्राचार्यलाई कार्यविभाग प्रमुखमा सरुवा गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बज्राचार्यलाई कुनै कारबाहीका लागि नभई सरुवा मात्रै गरिएको बताउनु भयो ।
‘नयाँ सीआईबी प्रमुख पठाउँदा सुन तस्करीको प्रतिवेदन कार्यान्वयमा पनि सजिलो हुन्छ भन्ने निष्कर्ष सरकारको हो’, उहाँले भन्नुभयो, ‘हामीले कसैलाई कारबाही या पुरस्कार भनेर सरुवा गरेका होइन। यो सरकारले गर्ने नियमित काम हो।’
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच