
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले काँग्रेसले संसद अवरोध गर्नेकुरा गलत भएको बताउनुभएको छ ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिना आधार उपप्रधान एवं गृहमन्त्रीको राजीनामा मागेर बखेडा झिक्ने काम गरेको बताउनु भयो । उहाँले काँग्रेससँग गृहमन्त्रीबिरुद्ध परेका उजुरीको केही आधार र प्रमाण छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलले संसद अवरोध गर्नेकुरा गलत भएकाले काँग्रेसले पनि सच्याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्ष दलले बेकारमा बखेडा झिकेको छ । गृहमन्त्री रवि लामिछानेमाथि कहाँ उजुरी परेको छ, कसले छानबिन गरिरहेको छ भन्ने केही आधार र प्रमाण त छ ? अनावश्यक रुपमा संसद अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षको यो काम राम्रो होइन, यो सच्याउनुपर्छ । कुनैपनि प्रतिपक्षले गल्ती दोहो¥याउनु हुँदैन । अहिलेको प्रमुख प्रतिपक्षको संसद अवरोध गलत काम हो, यो सच्याउनुपर्छ । संसद खुलाउनुपर्छ ।’
उहाँले काँग्रेसले संसद अवरोधको काम बन्द गरेर सदन सुचारु गर्न पहल गर्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच