टर्कीमा आप्रवासी डुङ्गा डुब्दा २१ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । टर्कीको एजियन तटमा शुक्रवार डुङ्गा डुब्दा कम्तीमा २१ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ । उक्त घटना उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेको इसेबात जिल्लाको तटमा भएको थियो ।

कानाक्कलेका गभर्नर इल्हामी अक्तासलाई उद्धृत गर्दै टीआरटीले घटनास्थलमा दुई हेलिकप्टर र दस कोस्ट गार्डको उद्धार डुङ्गाको सहयोगमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।

डुङ्गामा सवार व्यक्तिहरूको सही संख्या, उनीहरूको उद्देश्य गन्तव्य र घटनाका कारण बेपत्ताहरूको संख्या अस्पष्ट रहेको बतइएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?