पाँचथरमा बंगुरपालनबाट राम्रो आम्दानी गर्दै महिला

हिमालय टाइम्स
Read Time = 1 min

-जितेन्द्र भण्डारी

पाँचथर । पाँचथर मिक्लाजुङ-२ सप्तमीका महिलाहरू अहिले ब्यवसायिक बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

यस क्षेत्रका महिलाहरूले कतिपयले ब्यवसाय दर्ता गरेर त कतिपयले नगरी पनि ब्यवसायिक बंगुर पालन गरेर राम्रो आम्दानीको स्रोत बनाएका छन् ।

मिक्लाजुङ-२ सप्तमी बजारकी कुमारी मगरले अहिले हिवारी बंगुपालन पशुफर्म दर्ता गरी मनग्ये आम्दानी गरिरहनुभएको छ ।

बंगुरको सवै आहारा तथा अन्य विविध खर्च कटाएर पनि उहाँले वार्षिक दश लाख रुपैयाँसम्मको आम्दानी गरिरहनुभएको छ ।

हामी जस्ता उद्यमी ब्यवसायी महिलाहरूलाई राज्यले पनि बंगुरपालनका लागि आवश्यक तालिम, प्राविधिक सहयोग, अनुदानमार्फत सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँको फर्ममा अहिले सानो ठूला गरी झण्डै चार दर्जनको हाराहारीमा बंगुरहरू रहेका छन् ।

उहाँ मात्रै होइन् सप्तमी बजारका अन्य महिलाहरू पनि कतिपयले दर्ता गरेर कतिपयले दर्ता नगरिकनै बंगुरफर्म संचालन गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?