सम्पादन गरियो विवादित ‘पापाकी परी’

Read Time = 3 mins

काठमाडौं । भिडियोमा पेटीकोट लगाएर नाँचेको दृश्यका कारण विवादमा परेको ‘पापाकी परी’ गीत सम्पादन गरिएको छ । मोडल करिश्मा ढकालले पेटीकोट लगाएर ग्रुप डान्स गर्नुभएको थियो । उक्त दृश्य र प्रयोग भएका शब्द नै हटाइएको छ । सुरुमै अपलोड गरिएको भिडियोबाटै उक्त क्लिपमात्र काटिएको हो । अन्य दृश्य यथावत् रहेको छ ।

सर्जक शिव हमालको शब्दमा रहेको गीतमा लगानी र स्वर सुशिला पाठकको रहेको छ भने आशिष अबिरलको संगीत छ । सामाजिक सञ्जालबाट नकारात्मक प्रतिक्रिया आउन थालेपछि गीतकार हमालले नै गायिका पाठकलाई उक्त दृश्य हटाउन आग्रह गर्नुभएको थियो । तर गायिका पाठक र संगीतकार अबिरल भने उक्त दृश्य नहटाउने अडान लिनुभएको थियो ।

अन्ततः दबाब नै आएपछि हटाउन बाध्य भएको गायिका पाठकले हिमालय टाइम्सलाई बताउनुभयो । उहाले भन्नुभयो, ‘शिव दाइ संस्थागत हिसाबमा पनि हुनुहुन्छ । आफैँ विशिष्ट पदमा बस्ने अनि आफ्नै गीत यस्तो हुने भन्ने भएकाले मात्र उहाँ आफूले अडान लिन सक्नुभएन । मेरो विचारमा चाँहि हटाउनै पर्ने जस्तो लागेको थिएन । पेटीकोट लगाएको दृश्य समाजमा पच्दैनपच्ने भन्ने लाग्दैन ।’

संगीतकार अशिष अबिरलले पनि गीतको शब्दमा नराम्रो नदेखेको र दृश्यमा केही हदसम्म आफूहरूलाई पनि सम्पादन गर्नुपर्छ जस्तो लागेको बताउनु भएको थियो । ‘के हुन्छ होला है बिहेको राति, अध्यारो कोठामा अञ्जान साथी, संझेरै गैहाल्यो सात्तो बरीलै’ लगायत शब्दमा मोडल करिश्मा ढकाल सहिटको कोरसले पेटीकोट लगाएर नाँचेको दृश्य भाइरल बनेको थियो । भिडियो मौसम हिमालीले निर्देशन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?