काठमाडौं । साउदी अरबमा बस्दै आउनुभएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
साउदीमा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुग्नुभएका तमुले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएको जनाउँदै महिला टोलीलाई एकमुष्ट रकम दिएको बताउनुभएको छ ।
उहाँले अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम पठाइसक्नुभएको छ । महिला संघकी अध्यक्ष लामाले उहाँकी श्रीमतीको उपस्थितिमा केही दिनमा खेलाडीलाई रकम हस्तान्तरण गर्ने बताउनुभयो ।
जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २-२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५-०, सिरियालाई ४-१ र प्यालेस्टाइनलाई ४-० ले हराएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच