काठमाडौं । अबदेखि क्युआर कोडबाटै नेपालबाट भारतमा पैसा पठाउन सकिने भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै क्युआरबाट नै नेपालबाट भारतमा पैसा पठाउन सकिने नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार अब नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्युआर कोडमार्फत् राष्ट्रिय भुक्तानी स्विचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको क्युआर पेमेन्टबाट तथा वित्तीय संस्थामा व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु एक लाख जम्मा हुने गरी पारिश्रमिकबापतको सटही सुविधा प्रदान गर्न सक्नेछन् ।
त्यस्तै, भारतबाट नेपाल रेमिट्यान्स भित्र्याउने प्रयोजनका लागि राष्ट्र बैंक र भारतीय रिजर्व बैंकले व्यवस्था गरेको इण्डो नेपाल रेमिट्यान्स फ्यासेलिटीका अतिरिक्त नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङमार्फत् राष्ट्रिय भुक्तानी स्विचबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी रेमिट्यान्स रकम भित्र्याउन सक्नेछन् ।
साथै नेपाली व्यवसायीले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवत्र्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्युआर कोडमार्फत् राष्ट्रिय भुक्तानी स्विचका माध्यमबाट स्वीकार गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । तर, यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिम र सोको निराकरण÷न्यूनीकरणका उपायहरू सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंक आफैंले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच