पृथ्वी बाहिरका ग्रहमा जीवनको सम्भावना छ !

Read Time = 3 mins

एजेन्सी/ पृथ्वी बाहिरका ग्रहमा जीवनको सम्भावना छ छैन भन्ने विषयमा लामो समयदेखि खोज अनुसन्धान भइरहेका छन् । सयौं वर्षदेखि मानिसहरूको मस्तिष्कलाई खल्बलाउँदै आएको एउटा जब्बर प्रश्न हो- के जीवन पृथ्वीमा मात्रै सम्भव हो ? के पृथ्वीभन्दा बाहिरका ब्रहृमाण्डमा जीवन छ कि छैन ?

यो कुराको उत्तर खोज्ने क्रममा लामो समयदेखि वैज्ञानिक अध्ययन अनुसन्धान हुँदै आएका छन् । र, अहिलेको विज्ञानको सीमाले पृथ्वीबाहिर ब्रहृमाण्डको कुनै पनि कुनामा जीवनको अस्तित्व फेला परिसकेको छैन । तर, जीवनका सम्भावना रहेका थुप्रै स्थानहरू भने पहिचान गरिसकेको छ ।

यस्तो खोज अनुसन्धानमा हालै एउटा शोधमा पृथ्वी जस्ता ग्रहमा जीवनको सम्भावना रहेको बताइएको छ । शोधका अनुसार पृथ्वीजस्ता ग्रह, जसको सतहको करिब ३० प्रतिशत हिस्सा जमिनले ढाकेको छ, त्यो स्टार हृयाबिटेट जोनमा केवल एक प्रतिशत मात्रै रहन लायक हुनसक्छ । स्टार हृयाबिटेट इलाका त्यो इलाका हो जहाँ कुनै ग्रहको सतहमा पानी हुनसक्छ । यी ग्रहमा करिब ८० प्रतिशतमा भूमि छ र करिब २० प्रतिशत पूर्णरूपमा समुद्रले ढाकेको छ ।

अनुसन्धानकर्ताले प्लेट टेक्टोनिक्समार्फत्, ग्रहको महाद्वीपीय भूमिको रिसाइक्लिङ र ग्रहको मेन्टलमा पानीको बीच सम्बन्धको मोडलिङ गरेको छ । स्विटजरल्याण्डमा अन्तर्राष्ट्रिय अंतरिक्ष विज्ञान संस्थानका कार्यकारी निर्देशक तथा शोध दलका सदस्य तिलमन स्पनले यसबारे विस्तृत जानकारी दिँदै भन्नुभएको छ, ‘हामी पृथ्वीवासी, भूमि र महासागरबीच सन्तुलनको आनन्द लिन्छौँ । अन्य ग्रह पनि हाम्रो पृथ्वीजस्तै होला भनेर सोच्दा त रमाइलो लाग्छ तर हाम्रो मोडलिङको नतिजाले यस्तो हुँदैन भनेर निष्कर्ष निकाल्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?