नेपाली गीतसंगीतमा स्थापित नाम हो योगेश काजी । दुई दशकदेखि निरन्तर यो क्षेत्रमा रहनुभएका योगेशले गायन सँगसँगै संगीतकार र संगीत संयोजकका रूपमा आफूलाई यो क्षेत्रमा स्थापित गर्नुभएको छ । उहाँका दुई सयजति सिर्जना श्रोता-दर्शकमाझ आएका छन् । उहाँका ‘हुँ म नाइके, दैव हे, जुनको जुनेली, छ माया छपक्कै, इन्टु मिन्टु लण्डनमा, मेरो एक्सको छम्मा, धरोधर्म विद्यानास, कति सुहायो, ठूली, हु म जुठे, म किन किन, रोमियो’लगायत थुप्रै गीतलाई श्रोता-दर्शकले औधि मन पराउनुभएको छ । आफ्नो सिर्जनाको आधार अभ्यास नै भएको बताउनुहुने गायक/संगीतकार योगेश काजीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशं:-
नेपाली सांगीतिक क्षेत्रमा संगीतकार, गायक र गीतकारका रूपमा यहाँको परिचय स्थापित छ । मूलतः यहाँ आफूलाई के भन्न चाहनुहुन्छ ?
गीतकारभन्दा पनि म गायक संगीतकार र संगीत संयोजक एरेन्जर हुँ । गीत कहिलेकाही लेख्छु बढीजसो कम्पोज एरेन्ज र गायन नै मेरो मुख्य पेशा हो । आफूलाई के भन्ने सवालमा पहिला म सचेत नागरिक अनि त्यही देशको गीतसंगीतलाई मुख्य पैसा बनाएको कलाकार साथै सबै विधाका गीतसंगीतमा अभ्यस्त एक साधक पनि हुँ ।
हालसम्म यहाँका कतिजति सिर्जना श्रोता-दर्शकमाझ आएका छन् ?
हालसम्म चलचित्रमा म शब्द संगीत एरेञ्ज स्वर गरेर करिब चार दर्जन होलान कुनै गीतमा स्वर, कुनै गीतमा, संगीत र कुनैमा म्युजिक प्रोडक्सन अन्य फाट्टफुट्ट दुई दर्जन होलान् ! करिब बीस वर्ष यही क्षेत्रमा बिताएकाले मैले काम धेरै गर्न पाएको छु, त्यसबाहेक फ्रिलायन्सर एल्बम गरेर करिब तीन सय सिर्जना गरेको छु । मलाई एड्भटाइजमेन्टको म्युजिक प्रोडक्सनमा रुचि भएको र पारिश्रमिक पनि राम्रो हुने हुँदा एड, रेडियो, एफ.एम जिङल, टिभिसी, प्रोग्राम सिग्नेचर ट्युन टिभी तथा वेब सिरिजको टाइटल गीतहरू गरेर करिब २०० होलान् ।
केही गीतको नाम लिनुपर्दा ?
‘हुँ म नाइके, दैव हे, जुनको जुनेली, छ माया छपक्कै, इन्टु मिन्टु लण्डनमा, मेरो एक्सको छम्मा, धरोधर्म विद्यानास, कति सुहायो, ठूली, हुँ म जुठे, म किन किन, रोमियो’लगायत थुप्रै छन् ।
मेरो सिर्जनाको आधार मेरो अभ्यास नै हो । म जति अध्ययन गर्छु, अभ्यास गर्छु, खोज गर्छु त्यति नै आधार बलियो हुँदै जाने हो । नयाँ-नयाँ सैलीहरू सिर्जना हुँदै जाने हो । अहिले त झन् हरेक कुराको विकास तीव्र छ । हिजो चलेको साउण्ड स्याम्पल भोलि नै पुरानो हुन्छ, अपडेट भइहाल्नुपर्छ । त्यसैले अध्ययन र अभ्यास नै सिर्जनाको आधार हो ।
औपचारिक रूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
औपचारिक रूपमा २०१५ देखि छु, तर म बाल्यकालदेखि नै अन्यभन्दा गीत संगीत तिरै आकर्षक थिए । मेरो परवरिस भइरहेको ठाउमा माहोल पनि गीत संगीत कै थियो । भजन मण्डली, सांस्कृतिक मञ्च, सांस्कृतिक परिवार स्कुलको भैलो, समूहको देउसी भैलो सबैमा म अहम भुमिकामै सामेल हुन्थे । गाउने नाच्ने, गीत बनाउने, बाजाहरू बजाउने सबै काम गर्ने हुँदा म निकै व्यस्त नै हुन्थे ऊ बेला पनि, जान्ने भएदेखि गीतसंगीतमा लागे २०६५ यता प्रोफेसनल्ली यही क्षेत्रमा छु ।
तपाईंका थुप्रै गीत छन्, आफूलाई चिनाउने गीत कुन भएजस्तो लाग्छ ?
मलाई यस क्षेत्रमा स्थापित गरेको चलचित्र नाइकेको गीत ‘हुँ म नाइके’ नै हो । त्यसपछि ‘दैव हे’ ले मलाई अझ बुष्ट ग¥यो । ‘हेल्लो’ गीतले युवा पुस्तामाझ चिनायो, देश-विदेश डुलायो । कुनै सिर्जनालाई दर्शक श्रोताले मन पराउनु त्यसको चर्चा हुनुभनेको ठूलो भाग्यको कुरा हो । हजारौं सिर्जनामा केहीले मात्र चिनिने अवसर पाउँछन् यद्यपि सिर्जना सबै राम्रो हुन्छन्, बाबुआमालाई आफ्नो सन्तान जस्तै ।
जीवन र गीतसंगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मेरो जीवन नै गीतसंगीतबाट चलिरहेको छ । जीवन छ र त गीतसंगीतमा कर्म गर्न पाइरहेको छु, यो संसारलाई हेर्न पाइरहेको छु । यी दुवै मेरो लागि संसार हेर्ने दुई आँखा हुन् । त्यसकारण जीवन छ, संगीत छ अनि संगीत छ र त जीवन छ ।
तपाईं कसका लागि गीतसंगीत सिर्जना गर्नुहुन्छ ?
म नेपाली संगीत तथा चलचित्र उद्योगका लागि सिर्जना गरिरहेको छु । तर, सिधा अर्थमा भन्नु पर्दा गीतसंगीत दर्शक श्रोता कै लागि हो । दर्शक श्रोतासमक्ष पुगोस्, सबैले सुनुन्, अनुभूति गरून् भनेर नै बनाइन्छ तर गीतसंगीत फ्लप र हिट भन्ने हुँदैन, यो सबै गीतसंगीतको बजार व्यवस्थापनमा भरपर्छ । एउटा सत्य के हो भने सुन पनि ठेलामा राखेर बिक्दैन भन्या जस्तै सही बजार व्यवस्थापन भयो भने त्यसका लागि आवश्यक खर्च गर्न सकियो भने गन्तव्यमा पुगिन्छ, प्रसंगमा जाउ गीतसंगीत कहिलेकाहीँ म आफ्नै लागि पनि बनाइरहेको हुन्छु जसलाई रिलिज नै गरेको छैन र गर्दैन पनि । सायद यो अपत्यारिलो तर मेरो लागि पागलपन हो । मेरो डेस्कमा करिब १०० जति गीत त्यस्तै छन् ।
संगीतमा बेलाबेलामा चोरीको आरोप लाग्ने गर्छ नि ?
चोरीको आरोप लगाउनु स्वभाविक नै हो । केही सर्जक हरूले त्यस्तै गर्नुभएको छ यो सत्य हो । अब जसले थाहा पाउँछ उसले चोरीको आरोप लगाउँछ, यो पनि सत्य हो । थाहा पाइएन भने फेरि कुरा सही नै हुन्छ । प्रायः आरोप फलानो हिन्दी गीतबाट यो गर्यो ऊ गर्यो भन्ने हुन्छ, भारतीय गीतको सिधा प्रभाव हामीकहाँ छ । हाम्रो हरेक क्षेत्रमा सिष्टममा खानपानमा विचारमा रहनसहनमा भारतको प्रभाव त नभनौ भारतसँग मिल्छ, हाम्रो भाषा संस्कृति मिल्छ, सीमाक्षेत्र भएकाले धेरै कुराको प्रत्यक्ष प्रभाव छ, त्यसकारण उनीहरूको संगीतसँग हाम्रो संगीत मिल्नु कुनै नौलो कुरा होइन । हुबहु कपी गर्नुजस्तो कि खाली शब्द नेपाली भइगो मेलोडी अलि-अलि बटारेर या विट चेन्ज गरेर प्रष्टै थाहा हुनेगरी गर्नु हुन्न । त्यो चोरी हो । तर, राम्रो लागेको गीतबाट प्रभावित भएर आफ्नै तरिकाले सिर्जना गर्नु अपराध होइन । इन्स्पाएर हुन मिल्छ । मैले पनि गर्छु रिफ्रेन्स लिएर । चोरीको कुरा गर्ने हो भने भारतीय केही चलचित्रका सुपरहिट गीतहरू एरेन्जमेन्टदेखि लिएर मेलोडी हुबहु गरेका छन् । नेपाली लोक गीतहरू पनि उनीहरूले कपी गरेका छन् । हामीले पनि गरेका छौं ।
तपाईंको सिर्जनाको आधार के हो ?
मेरो सिर्जनाको आधार मेरो अभ्यास हो । म जति अध्ययन गर्छु, अभ्यास गर्छु, खोज गर्छु त्यति नै आधार बलियो हुँदै जाने हो । नयाँ-नयाँ सैलीहरू सिर्जना हुँदै जाने हो । अहिले त झन् हरेक कुराको विकास तीव्र छ । हिजो चलेको साउण्ड स्याम्पल भोलि नै पुरानो हुन्छ अपडेट भइहाल्नुपर्छ । त्यसैले अध्ययन र अभ्यास सिर्जनाको आधार हो ।
अहिलेको नेपाली गीतसंगीतको अवस्था कस्तो पाउनुहुन्छ ?
खासमा नेपालको हावा, पानी र माटो यहाँको सभ्यताको विकासक्रम प्रविधिको विकासक्रम अनुसार सुरुदेखि राम्रो छ र अहिले झनै राम्रो छ । गीतसंगीतमा नाम-दाम ट्राभल लक्जरियस लाइफ छ । यदि चर्चा कमाउन सकियो भने कतिको एउटै गीतले भविष्य सुनौलो भएको उदाहरण प्रशस्त छन् । गर्न सक्नेलाई संगीतले दिएको छ । तर, देशमा भइरहने राजनीतिक, धार्मिक उथलपुथलले गर्दा राज्यका अरू क्षेत्रजस्तै गीतसंगीत पनि प्रभावित हुनेभएकाले अहिले अवस्था गम्भीर छ । भन्नुको मतलब देश खुशी हुनुपर्छ, बल्लमात्रै सबैतिर खुशी छाउँछ । जनताले भोको पेटले मनोरञ्जन त दूर राष्ट्रिय गान पनि सुन्न सक्दैन, गीतसंगीतलाई राज्य प्रभावकारी योजना ल्याउनुपर्छ असली कलाकारको पहिचान गर्नुपर्छ । यद्यपि अहिले विभिन्न डिजिटल प्लेट्फर्मले गर्दा सिर्जना गर्न सक्ने सर्जकले वल्र्डवाइड आफ्नो म्युजिक सेल गर्न सक्छ, गरेर राम्रो सर्भाइभ पनि भएका छन् ।
राम्रो गीत, राम्री युवती र मदिरा कुन रोज्नुहुन्छ ?
हजुरले सोध्नु भएको मेरो तीनवटै कुरा मेरो रोजाइकै हुन् हा हा हा...। घटीबढीको मात्रै फरक छ । हरेक दिन राम्रो गीत कसरी बनाउ भन्नेमात्र हुन्छ भने गीतको बारेमा सम्झौता नै भएन, अवश्य रोजाइमा पर्छ । युवती त झन् कुरै नगरौं, रोज्न जरुरी छ जिन्दगी जो बिताउनु छ हे हे हे..। अब मदिरा पनि यही समाजले सिकायो यही समाजमा हुर्कियो, बढियो, खाइयो नकार्न सकिने कुरा होइन होला ।
हिजो र आजका गीतसंगीतमा कत्तिको फरक पाउनुहुन्छ ?
हिजोको गीतसंगीत हिजोको माहौल त्यतिबेलाको दर्शक-श्रोताको मानसिक अवस्था अनुसारको नै थियो । अहिले अनुसारको छ । प्रविधिमा विकास भएको छ । साउण्ड डिजाइन फरक भएको छ । सुन्ने, हेर्ने दर्शक श्रोताहरू ग्लोबल म्युजिक सुन्छन् । हामी उत्पादन गर्ने सर्जकहरू पनि त्यहीनुसार आफूलाई अपडेट गरिरहेका छौं । मलाई पहिलेको गीतसंगीतबाट अहिलेको संगीत गर्न प्रेरणा मिल्छ । मलाई गीतसंगीत पहिलेको र अहिलेको भन्ने हुन्छजस्तो लाग्दैन । फरक छ त प्रविधिको । सुर-ताल त्यही हो भाव तिनै हुन्, शब्द तिनै हुन्, खाली स्वरूपमात्रै परिवर्तन भएको हो, त्यो प्रविधिले गर्दा ।
गीतसंगीत क्षेत्रमा रहेका गुटउपगुटलाई कुन रूपमा लिनुहुन्छ ?
गुटउपगुट हरेक क्षेत्रमा संसारभर हुन्छन् खाली परिभाषामात्रै फरक हो । अहिले यसलाई टिम पनि भनिन्छ, कसैले कसैलाई सिध्याउने, उसलाई ढालेर आफू त्यही उभिने भन्ने गुटहरू चाहिँ आफैं गिर्छन्, लामो यात्रा गर्न सक्दैनन्, नत्र जहाँ पनि टिम हुन्छ । एउटा कक्षा कोठामा बस्ने २५ जनामा तीन-चारवटा गुट बन्छन् । इन्डष्ट्रीमा पनि फिल्मको, म्युजिक भिडियोको, लेखनतिरको, गायनतिरको, संगीततिरको, व्यवस्थापनतिरको, सबैको गुट छ, जो जहाँ फिट हुनसक्छ त्यही बिसाउँछन् काम गर्छन्, तर म चाहिँ सबैसँग काम गर्न पाको छु, हा हा हा .....।
नेपाली गीतसंगीतलाई विश्व गीतसंगीतको दाजोमा कहाँनेर पाउनुहुन्छ ?
म कुनै पनि देशको म्युजिकलाई कुनै देशसँग दाजेर हेर्दिनँ । कुनै विधालाई अरू कुनै विधासँग दाजेर हेर्दिनँ । दाज्यो भने उहीँ भारतको प्रधानमन्त्री ठूलो कि नेपालको ? चाइनाको ठूलो कि जपानको भन्या जस्तै हुन्छ । सबैका आ-आफ्नै विशेषता छन्, शैली र प्रकृतिका । हाम्रो नेपाली म्युजिकमा लाखौं थरिका लय छन्, शैली छन् । सायद अरू देशमा भन्दा धेरै छन् । तर, प्रविधिका हिसाबले हामी पछाडि छौं । हाम्रो मार्केट सानो छ, हाम्रो देशको राजनीतिक तरल अवस्थाले गर्दा भइसक्नुपर्ने विकास भएको छैन । प्रविधिको केही अंसमात्र छुन पाएको छौं । क्षमता सिर्जना र प्रस्तुतिको हिसाबले हामी कम छैनौं । तर, प्रविधि र मार्केट सानो हुनाले पछाडि छौं । हामी नयाँ प्रविधिसँग काम गर्न तयाए छौं, तर हामीसँग त्यो प्रविधि प्राप्त गर्ने सामथ्र्य छैन । किनकि लगानी छैन । हामीसँग जे छ जति गर्न सक्छौं गरेका छौं र विश्व बजारमा हाम्रो गीतसंगीत कमी छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच