काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहनुभएका ठाकुरमोहन श्रेष्ठमाथि कार्यालयमै आक्रमण गरेकोमा तीन जना कार्यकर्तालाई कारबाही गरेको छ।
गत फागुन २७ गते कार्यसम्पादन समिति बैठकबाट बाहिरिँदै गर्दा श्रेष्ठमाथि अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर हातपात भएको थियो।
हातपातमा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई राप्रपाले निलम्बन गर्ने निर्णय गरेको छ।
घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले कार्यसम्पादन समितिलाई सिफारिस गरेको थियो । सोही बमोजिम अध्यक्ष लिङदेनले आज कारबाही गरेको राप्रपा स्रोतले बतायो । श्रेष्ठमाथि हातपात गर्नेमध्ये बलायर उपाध्यक्ष विक्रम पाण्डेका स्वकीय सचिव हुन् ।
पाण्डेको योजनामा डा. श्रेष्ठमाथि आक्रमण गरिएको आरोप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच